|

चितवन: चितवनको भरतपुरमा कुटपिटबाट घाइते भएका ज्ञानबहादुर शाही उर्फ ज्ञानेन्द्र शाहीलाई थप उपचारका लागि काठमाडाैं लगिएको छ।

शाहीलाई चितवन मेडिकल कलेजमा चेकजाँचपछि थप उपचारका लागि काठमाडाैं लगिएको अस्पताल स्रोतले जनाएको छ। उनलाई आज अपरान्ह साढे ४ बजे यति एयर मार्फत काठमाडाैं पठाइएको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए। 

शरीरका विभिन्न स्थानमा चोट लागे पनि अवस्था सामान्य नै देखिएको मल्लले बताए। मल्लका अनुसार प्रशासनलाई कार्यक्रमबारे समयमा नै जानकारी नगराएकोले  दुखद घट्ना घटेको हो। समयमा थाहा भएको भए यस्तो घटना हुन पाउने थिएन उनले भने ।

चौविसकोठीमा कार्यक्रम गर्नलाग्दा होटल ग्लोवलबाट निस्कने क्रममा अज्ञात समूहले शाही चढेको गाडीमा तोडफोड गर्नुका साथै उनिमाथि आक्रमण गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.