|
फाइल फोटो

मोरङ : आश्वासन बाँड्नेभन्दा आवश्यकताको आधारमा र सरोकारवालाहरूको सक्रियतामा काम गर्ने कुरामा विश्वास रहेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले बताएका छ्न।

मोरङको पथरीमा आयोजित कार्यक्रममा मन्त्री ढकालले बोल्ने भन्दा पनि काम गर्ने कुरामा आफूले विश्वास गर्ने बताएका हुन्।

मन्त्री ढकालको निर्वाचन क्षेत्र अन्तर्गतको पथरी बहुमुखी क्याम्पस संचालक परिषद  बैठकमा उनले भने, ´निर्वाचन भएको डेढ वर्षको अवधिमा २४२ वटा कानुन निर्माण गरेको छौँ। छोटो समयमा कानुनी रूपमा वर्तमान सरकारले निकै काम गरेको छ।`

देशकै सबैभन्दा ठुलो समस्याका रूपमा रहेको यस क्षेत्रमा सुकुम्वासी, दोहोरो स्वामित्व, अव्यवस्थित बसोबास लगायत हल गरिनेमा ढुक्क हुन ढकालले आश्वासन दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.