|

जनकपुरधाम : असोजे झरीले जनकपुरधामसहित प्रदेश २ को जनजीवन प्रभावित बनेको छ। विगत तीन दिनदेखि वर्षा जारी छ। वर्षा जारीकै बीच आइतबारदेखि बडा दशैं सुरु भए पनि बजारमा चहल पहल देखिँदैन।

शुक्रबारदेखि नै वर्षा रोकिएको छैन। धनुषामा कुनै बेला सिमसिमे त कुनै बेला भारी वर्षा भइरहेको छ। जसले गर्दा सर्वसाधारण घरबाट निस्केका छैन। बजारमा छाता बोकेर फाटफुट सर्वसाधारण निस्केको मात्र देखिन्छ। वर्षाले व्यवसाय पनि चौपट भएको व्यवसायीहरू बताउँछन्।

मौसम पूर्वानुमान महाशाखाले दशैंसम्म वर्षा रहिरहेन जनाएको छ। अहिले पनि मनसुन सक्रिय रही सामान्य वर्षा भइरहेकाले मनसुन अझै हप्ता/१० दिनसम्म कायम रहने संकेत देखिएको महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेल बताए। महाशाखाले हाल नेपालमा अरब सागर र बंगालको खाडीबाट आइरहेको जलवास्पयुक्त वायुको प्रभावले मनसुनी गतिविधि केहि सक्रिय रहेको जनाएको छ।

देशका केही स्थानमा मेघ गर्जन/चट्टयाङसहितको हल्कादेखि मध्यम वर्षाको सम्भावनाको साथै मध्य तथा पूर्वका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जारी गरेको तीन दिने बुलेटिनमा उल्लेख छ। महाशाखाले आगामी २४ घण्टाको अवधीमा सडक तथा हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने तथा पहाडी भू-भागमा पहिरो जान सक्ने हुनाले सामान्य सतर्कता अपनाउनु अनुरोधसमेत गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.