|

काठमाडौं : आगामी अक्टोबरमा जर्मनी र इक्वेडरविरुद्धको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाका मुख्य ५ खेलाडी हुने छैनन्। कप्तान लियोनल मेस्सीसँगै फरवार्ड सर्जियो अग्युइरो र एन्जल डि मारियालाई प्रशिक्षक लियोनेल स्कोलोनीले २६ सदस्यीय टोलीमा समावेश गरेका छैनन्।

त्यसैगरी, गोलरक्षक सर्जियो रोमेरो र माउरो इकार्डीलाई टिममा समावेश गरिएको छैन। प्रशिक्षक स्कोलोनीले पहिलोपटक टिममा आर्सनलका गोलरक्षक इमिलियानो मार्टिनेजलाई स्थान दिएका छन। मार्कोस रोजो, इरिक लामेलाले टिममा पुनः स्थान बनाउन सफल भए।

मेस्सीलाई गत कोपा अमेरिकामा दिएको अभिव्यक्तिका कारण दक्षिण अमेरिकी फुटबल संघ (कोनेम्बोल)ले तीन महिना प्रतिबन्ध लगाएको थियो। जसका कारण टिममा समावेश गरिएको छैन। म्यानचेस्ट सिटी स्ट्राइकर अग्युइरो र पेरिस सेन्ट जर्मेनका विंगर मारियाले गत कोपा अमेरिकापछि अर्जेन्टिनी टोलीबाट खेलेका छैनन्।

म्यानचेस्टर युनाइटेडका गोलरक्षक रोमेरो विश्वकपभन्दा अगाडीबाटै अर्जेन्टिनाको टोलीमा समावेश भएका छैनन्। विश्वकपको दौरान टोलीमा परेका उनी पछि घुडाको चोटका कारण नाम फिर्ता लिएका थिए।

पेरिस सेन्ट जर्मेन स्टार इकार्डी गत कोपा अमेरिकाको लागि प्रारम्भिक ४० सदस्यीय टोलीमा स्थान बनाएपनि २३ सदस्यीय मुख्य टोलीमा स्थान बनाउन सकेनन्। त्यसपछि उनी टिममा समावेश हुन सकेका छैनन्। अर्जेन्टिनाको टोलीमा घरेलु क्लब बोका जुनियर र रिभर प्लेटबाट समेत कुनै पनि खेलाडी समावेश हुने छैन।

आगामी महिना कोपा लिबर्टाडोरस कपको सेमीफाइनलमा बोका र रिभर आमने सामने हुँदैछन। त्यसकै तयारीको लागी क्लबले खेलाडी उपलव्ध गराएको छैन। अर्जेन्टिनाले आगामी ९ अक्टोबरमा डर्टुमन्डमा जर्मनी र त्यसको ४ दिनपछि स्पेनको इल्चमा इक्वेडरसँग मैत्रीपूर्ण खेलमा सहभागी हुनेछ।

२६ सदस्य टोलीमा पोर्टो, टोटनह्याम र युडिनेसबाट २/२ जना खेलाडी समावेश भएका छन् भने अन्य २० क्लबबाट १/१ जना खेलाडी समावेश गरिएको छ।

अर्जेन्टिनी टोली

गोलरक्षक : अगस्टिन मार्चेसिन (पोर्टो), जुआन मुस्सो (युडिनेस) र इमिलियानो मार्टिनेज (आर्सनल)

डिफेन्डर : जुआन फोयथ (टोटनह्याम), रेन्जो सराभिया (पोर्टो), निकोलस ओतामेन्दी (म्यानचेस्टर सिटी), जर्मेन पेजेल्ला (फियोरेन्टिना), मार्कोस रोजो (म्यानचेस्टर युनाइटेड), वाल्टर कन्नेमेन (जर्मियो), निकोलस टेग्लिफिको (अजाक्स), लियोनर्ड बालेर्डी ( बोरुसिया डर्टुमन्ड)

मिडफिल्डर : गुइडो रोड्रग्वेज (अमेरिका डी मेक्सीको), मार्टिएस जाराचो (रेसिङ), लियोनर्ड पाराडेस (पेरिस सेन्ट जर्मेन), निकोलस डोमिन्ग्वेज (भेलेज सर्सफिल्ड), रोड्रिगो डि पाउल (युडिनेस), मार्कोस अकुना (स्र्पोटिङ लिस्वन), इरिक लामेला (टोटनह्याम), रोर्वेटो परेरा (वाटफोर्ड), एन्जल कोरेरा (एथ्लेटिको मड्रिड), लुकास ओकाम्पोस (सेभिल्ला)

स्ट्राइकर : मार्टिएस भर्गास (स्पानोएल), निकोलस गोन्जालेज (स्टुगार्ड), लुकास अलारियो (बार्यन लेभरस्कुन), लाउटेरो मार्टिनेज (इन्टर मिलान), पाउलो डिबाला (युभेन्टस)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.