|
फाइल फोटो

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबारदेखि दुइटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले काठमाडौं जिल्लाको नागार्जुन नगरपालिका-५, हरिसिद्धि र रोल्पा जिल्लाको रुन्टीगढी गाउँपालिका-६, होलेरीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

नयाँ दुईवटा शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयको संख्या १४६ पुगेको छ। हाल १४६ शाखा, ३० वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १४८ एटिएम, १८९ शाखारहीत बैंकिङ सेवा र नेपालबाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना ११ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.