|

काठमाडौंः नेपाल घुम्नको लागि वर्षेनी हजारौ पर्यटक आउँछन्। कोही यहाँको प्राकृतिक दृश्य अवलोकन गर्न आउँछन् त कोही भने ऐतिहासिक स्थलको भ्रमण हेर्न आउने गर्छन्।

आइतबार हनुमान ढोका परिसरमा अनौठो दृश्य त्यहाँ रहेका अन्य व्यक्तिलाई आकर्षित गर्‍यो। नेपाली दुई महिलाले एक विदेशी महिलालाई रातो सारी

 

लगाउँदै थिए। ती विदेशी महिला सारी लगाउँदा खुशी देखिन्थिन्। उनी हुन् चिनियाँ नागरिक।

निको यी नाम गरेकी ती महिलालाई नेपाली पोशाकले आफूलाई आकर्षित गरेको बताइन्। उनीसहित उनको साथमा अन्य दुई चिनियाँ महिला सेप्टेम्बर १० मा नेपाल आएका थिए। उनले भनिन्, 'नेपाल संसार कै सुन्दर देश हो। मलाई नेपाली कला संस्कृति र पोशाकले एकदमै आकर्षित गर्‍यो।'

हनुमान ढोका परिसरमा घुम्दै गर्दा आफूलाई सारी मन परेकोकोले खरिद गरेको बताइन्। उनलाई आफ्नो देश चीनमा सारी लगाउने चलन भए पनि हुने जस्तो लागेको पनि बताइन्। उनले भनिन,' पेन्ट टि-सर्ट मात्र लगाउँन पाइन्छ। नेपालमा आएर रातो सारी लगाउँन पाउँदा खुसी लागेको छ।' उनले उक्त सारी लगाउँदै सेल्फी खिचिन्।

अन्त्यमा मुसुक्क हास्दै भनिन्, 'नेपाली सारी हराएर जाला। तर यो लगाएर फोटो सामाजिक सञ्जालमा हुन्छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.