|

धनगढी : धनगढीमा आइतबारबाट निर्माण सामग्री तथा हार्डवेयर प्रदर्शनी सुरु भएको छ। कैलाली हार्डवेयर व्यवसायी संघको आयोजनामा आइतबारबाट सुरु भएको हार्डवेयर प्रदर्शनी मेला १५ गतेसम्म चल्ने छ।

प्रदर्शनीको सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले उद्घाटन गरेका छन्। मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ५० भन्दा बढी कम्पनीहरूको सहभागिता रहेको आयोजक कैलाली हार्डवेयर व्यवसायी संघका अध्यक्ष सुरेन्द्र राठीले बताए।

मेलामा सरिया, सिमेन्ट लगायतका हार्डवेयर तथा निर्माणसँग सम्बन्धित नेपाल, भारत, चीन र बङ्गलादेशका कम्पनीहरूले सहभागिता रहेको छ। मेलामा ७० वटा स्टल रहेका छन्।

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.