|

पर्सा : चार बर्ष ११ महिना १० दिन कैद सजाय तोकिएका फरार अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

विसं २०५२ सालमा सर्वोच्च अदालतले कसुरदार ठहर गरेको फरार व्यक्तिलाई बल्ल प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ परेका अभियुक्तलाई ४ वर्ष ११ महिना १० दिन कैद सजाय तोकेको रहेछ। उनी दुई दशकभन्दा लामो समयदेखि फरार रहेछन् पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले भने कसुरदार भई फरार रहेर प्रहरीले पक्राउ गरेका व्यक्ति वीरगन्ज महानगरपालिका १२ बस्ने चिनवा भन्ने समिम अख्तर अंसारी रहेको उनको भनाइ छ। 

लुकिछिपी बस्दै आएका अंसारीलाई पर्सा प्रहरीले उनकै गाउँघरबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका अभियुक्तलाई सम्मानित अदालतमा बुझाउने प्रक्रिया भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.