सहमति तोडे ब्याज र जरिमानासहित असुल्ने चेतावनी

|

चितवन : चितवन मेडिकल कलेज (सिएमसी) लाई सहमति कार्यान्वयनका लागि विद्यार्थीले २४ घण्टे अल्टिमेटम दिएका छन्। विद्यार्थीबाट अवैध रूपमा असुलेको बढी शुल्क फिर्ता गर्न कलेज प्रशासन र विद्यार्थीबीच भएको सहमति कार्यान्वयनका लागि २४ घण्टे अल्टिमेटम दिएको हो।

यसअघि शुल्क फिर्ताको माग गर्दै विद्यार्थी आन्दोलित भएपछि जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको रोहवरमा कलेज प्रशासन, विद्यार्थी र अभिभावकबीच सर्वपक्षीय सहमति भएको थियो। सहमतिअनुसार १ महिनाभित्र कलेजले विद्यार्थीको बढी शुल्क फिर्ता गर्नुपर्ने उल्लेख थियो।

असोज १० गतेभित्र प्रतिवेदन तयार पार्ने बताइए पनि प्रतिवेदन तयार पार्न कलेजले आनाकानी गरिरहेकाले अल्टिमेटम दिइएको चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकास चन्दले बताए। उनले सहमति कार्यान्वयन नभए फेरि चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएका छन।

असोज १३ गते बिहान ११ बजेभित्र सहमतिअनुसार प्रतिवेदन तयार नभए कलेज अगाडि विद्यार्थी, अभिभावक र नागरिकको सहभागितामा बृहत प्रदर्शन गर्ने बताए। प्रकाश चन्द र अभिभावक संघर्ष समितिका संयोजक निर्मला कंडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा सहमतिबाहिर गए अबको आन्दोलन विद्यार्थीबाट बढी लिएको शुल्कको ब्याज र जरिमानासहित असुल्नेतर्फ केन्द्रित हुने उल्लेख छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.