|

दैलेख : दैलेखको गुरास गाउँपालिका ४ को तालपोखरीमा  सवारी  दुर्घटना हुँदा चार जना घाइते भएका छन्।

सुर्खेतबाट दैलेख आउँदै गरेको बा ४ ख ३७६३ नम्बरको माक्रोय बस दुर्घटना हुदा चार जना घाईते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरी बहादुर ओलीले जानकारी दिए। 

घाइतेहरुको उपचारका लागि सुर्खेत तर्फ लगिएको र गाडी सडकको नाला साईटमा पल्टिएकाले ठुलो दुर्घटना हुनबाट जोगीएको प्रहरीले जनाएको छ। चाड पर्वको समयमा यात्रुको चाप हुने र दैलेख सुर्खेत खडक खण्डको अवस्था  बिग्रीएकाले बेला बेला दुर्घटना हुने गरेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.