|

सल्यान : जिल्लाका ग्रामिण सडकमा भएको लगानी खेर गएको छ। करोडौं लगानी गरेर हिउँदमा ट्रयाक खोलिएका सडकहरु अहिले नालामा परिणत भएका छन्। भिरालो जमिनमा डोजर, एक्साभेटर जस्ता उपकरदण प्रयोग गरेर जथाभावी खनिएका सडकमा बाढी र पहिरोका जोखिम बढेको छ।

सडक बनाउने नाममा जथाभावी डोजर चलाउदा पहिरोको जोखिम बढ्नुका साथै  पैदल हिड्न समेत मुस्किल हुने गरेको स्थानीयको भनाई छ। हिउँदभरी जथाभावी भित्ता भत्कायो माटोको व्यवस्थापन र संरक्षण गर्न ध्यान नपु¥याउदा सडक विकासको सूचक भन्दा विनासको सूचकमा परिणत भएको छ। लाखौं करोडौ खर्च गरेर बनाइएका सडक वर्खा लागेपछि हिलाम्म बनेर गाडी त परै जाओस पैदल हिड्न समेत समस्या हुने गरेको छ।

स्थानीय तहले सडकमा प्राथमिकता दिएर बजेट लगानी गरे पनि सार्वसाधरणले सेवा सुविधा पाउन सकेका छैनन्। जिल्लाका दश वटै स्थानीय तहले सडकलाई प्राथमिकतामा राखी करोडौ बजेट विनियोजन गरेका छन्। तर अधिकांस सडकमा बर्खासँगै सवारी साधन बन्द भएका छन्।

सर्वसाधरण पैदल हिडेर गन्तव्इमा पुग्न बाध्य भएका छन्। दैनिक उपभोग्य सामानको ढुवानी, गाउँमा उत्पादन भएका कृषि उपजको निकासी र बिरामीलाई अस्पताल पु¥याउन समस्या भएको छ। दक्ष प्राविधिक जनशक्तिको कमी, कमजोर भूगोल,  जनदवावका कारण सडक योजनाहहरु व्यवस्थित बनाउन चुनौती रहेको जनप्रतिनिधिहरुको भनाई छ।

दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसी अरुणले गाउँपालिकासम्म जोड्ने सडकहरुको डिपिआर तयार गरी संघीय सरकार र प्रदेश सरकारलाई अघि बढ्न पटक पटक आग्रह गरेपनि परिणाम शुन्य भएको बताए।

स्थानीय तहमा आएको सिमित बजेटले सडकको स्तरवृद्धि, नाला काट्ने सम्भव नभएको उनको भनाई छ। उनले भने सडकहरुको डिपिआिर सहित संघीय र प्रदेश सरकार तथा सरोकारवाला अन्य निकायमा निवेदन दर्ता र दौडधूप गर्न थालेको २९ महिना भईसक्यो तर पनि अहिलेसम्म परिणाम शून्यप्राय छ।

विगतमा अन्धाधुन्ध खनिएका ७४ वटा सडकको ट्रयाक सुधारसहित सामान्य मर्मतसम्भार र वाँकी ट्रयाक ओपन गर्ने कार्य भई रहेको अरुणको भनाई छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.