|

दैलेख : कर्णाली प्रदेशअन्‍तर्गत दैलेख र कालीकोट जिल्लाको सिमानामा पर्ने महावु धाम दैलेखको सबैभन्दा अग्लो स्थानमा पर्ने एक धार्मीक पर्यटकीय क्षेत्रका रुपमा परिचित पर्यटकीयस्थल हो।

उत्त स्थानमा प्रत्येक वर्ष जनैपुर्णीमाको अघिल्लो दिन देखि तिन दिनसम्म भव्य धार्मीक मेला लाग्ने गर्दछ।

समुन्द्र सतह देखि ४ हजार २ सय मिटर अग्लो फाँटमा रहेको रमणिय धार्मिकस्थलमा एउटा मात्र बर मागे पुरा हुने बिश्वास कायम रहेकाले प्रत्येक वर्ष हजारौ आन्तरीक वाहिय धार्मीक पर्यटक महावु धाम पुग्ने गरेका छन।

यो बर्ष मात्र करीव १० देखि १२ हजार धार्मीक पर्यटकले महावु धामको अवलोकन गरेको दैलेखको महावु दैलेखको गाउँपालिकाकी उपाध्यक्ष प्रेम कुमारी बुढाले बताइन्।

महाबु धामको दर्शन गर्नका लागी दैलेख सुर्खेत जाजरकोट कालीकोट जुम्ला नेपालगञ्ज लगाएतका जिल्ला र पछिल्लो समय भारततीय धार्मीक पर्यटक समेत महावु आउने गरेको बुढाले बताइन्।

महावुको र्दशन गरेमा पाप नष्ट हुने धार्मिक बिश्वासका कारण प्रत्यक वर्ष आन्तरीक वाहिय धार्मीक पर्यटक महावु धाम जाने गरेको नौमुले गाउँपालिकाका अध्यक्ष भदे बुढा मगरले बताए।

महावुको महिमा   

दुई जिल्लाको सिमाना पर्ने महाबु धाममा दैलेखको भुर्ति ठाउँका आर्चाय ब्राहमणका बोल्न नसक्ने छोरा भैसी चराउन गएको वेला ढुंगामा सुतेको अवस्थामा ढुंगा भित्रबाट शरिर धकेलीए पछि उनले आफुसंग रहेको हसीयाले खोतल्दा शिब भगवानको उत्पति भई दर्शन पाएको भन्ने किम्वदन्ती छ।

शिव भगवानको उत्पति भएपछि बोल्न नसक्ने आर्चाय ब्राहमणका छोरालाई बेद पढ्न सक्ने बरदान दिई शिला लिगंमा दूध चढाउनु र अरु कसैलाई नभन्नु भनी आज्ञा दिएको भन्ने भनाई रहेको छ।

उत्त कुरा उनका साथिले थाहा पाएपछि सबैलाई भन्न लगाएको र भनेका आचार्यका छोराले शिब भगवान बाट पाएको बरदान सुनाए लगतै उनको मृत्यु भएकाले यहि किम्बदन्तीअनुसार महावु धाममा दुई सय वर्ष अगाडिबाट शिव भगवानको र्दशनगर्न आउँन धार्मीक पर्यटकको बाक्लो उपस्तिथि हुने गरेको मन्दिरका पुजारी रामानन्द्र काफ्लेले बताए।

उनका अनुसार नेपालको सबै भन्दा अग्लो स्थानमा हरेक वर्ष धार्मीक मेला लाग्ने र अरु समयमा पनि महावुको अवलोकन गर्नलाई आन्तरीक तथा वाहिय पर्ययटकको महावुमा बाक्लो आगमन हुनेगरेका काफ्लेले बताए।   

मनले मागेको पूरा हुने विश्वा

महावु धाममा दर्श गरे पछि मनले मागेको पूरा हुने विश्‍वास रहेको छ। पुजारी काफ्लेका अनुसार शिबलिंगको दर्शन गरेमा मनले मागेको पुरा हुने बताउँछन्। सन्तान नभएकाले सन्तान मागेमा सन्तान हुने र पाप नाश हुने उनको भनाई छ।

पहिले प्रत्येक वर्षको जनैपुणिमाको दिन लाग्ने धार्मीक मेलामा महिला जान नपाउने भए पनि केही बर्ष एता महिलाहरुले पनि उल्लेख्य मात्रामा सहभागीता जनाउन थालेका छन। पुजारी र उनका आफ्न्त परिवारका महिला भने शिवको दर्शन गर्न अहिले पनि नजाने पुरानै पम्परा रहेको छ।

पर्यटन प्रवर्द्धनका लागि ७ सय ७७ सिडी निर्माण

महावु धाम जाने पर्यटकका सहजताका लागि २ किलोमिटर पदमार्ग सँगै ७ सय ७७ वटा सिडी निर्माण गरिएको छ। कर्णाली प्रदेश पर्यटन वन तथा बातावरण मन्त्रालय अन्र्तरगत डिभिजन बन कार्यालय दैलेखले २ किलोमिटर पदमार्ग र ७ सय ७७ वटा सिडी निर्माण गरेको हो।

उक्त पदमार्गका निर्माणकालागि डिभिजन वन कार्यालय दैलेख र उपभोक्ता समितिको श्रमदान सहित २३ लाख १० हजार ३ सयमा पदमार्ग निर्माण सम्पन्न भएको डिभिजनल वन कार्यालय दैलेखका योजना अधिकृत नवराज पौडेलले  बताए।

पदमार्ग निर्माण सम्पन्न भएपश्चात यातायातका साधन र पैदल यात्रामा दमौडा पुग्ने पर्यटक र यात्रुहरुलाई महावु धाम पुग्न धेरै सहज भएको छ।

बासस्थानको समस्या ओडारमा पर्यटक

हरेक बर्ष हजारौ धार्मीक पर्यटक बिभिन्न समयमा महावुको रमणिय स्थलको अबलोकन गर्न जानेगरेको भएपनि उनिहरुलाई बासस्थानको अभावले ओडारमा बास बस्नु परेको महावु पुगेर आएका हेम राज अधिकारीले बताए। 

स्थानिय सरकार आय संगै कालिकोटको महावै गाउँपालिकाले आफ्नो क्षेत्रमा तीनवटा धर्मशाला निर्माण गरे पछि महावु धाममा पुगिसके पछि पर्यटकलाई सहजता महसुस हुने भएपनि प्रयाप्त वासस्थानको समस्या कायमै रहेको छ।

यता दैलेख तर्फ निर्माण सुरु गरिएका धर्मशालाको काम समयमा सम्पन्न हुन नसके पछि गाईगोरु बस्ने स्थानमा पणिनत भएका छन। 

स्थानीय सरकारको भूमिका आवश्यक

मुलुकमा संघियता कार्यान्वयन भएको दुई वर्ष बितिसकेको भए पनि स्थानिय सरकारले पर्यटन प्रर्वद्धनमा चासो नदेखाएको देखिन्छ।

बिकासका अन्य क्षेत्रमा स्थानीय सरकारको आवश्यक्ता भएजस्तै महावुको पर्यटन प्रवद्र्धनमा पनी उनिहरुले महत्वपुर्ण भुमिका खेल्नु पर्ने देखीन्छ।

महावु धाम संग जोडिएका स्थानीय तहहरुले पर्यटन प्रवर्द्धन, यो क्षेत्रको प्रचार प्रसार तथा त्यहाँ आवश्यक भौतिक संरचना निर्माण गर्न सके महावुको महत्व अझ बढ्ने निश्चित छ।

उत्त पर्यटकीय क्षेत्रमा दैलेखको महावु गाउँपालिका नौमुले गाउँपालिका र कालिकोटको महावै गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि सामान्य शुरुवात गरेको भएपनी पर्याप्त भने नभएको देखिन्छ।

 

 

 

 

 

 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.