|

धनगढी : कैलालीको धनगढी–खुटिया सडक हिलाम्य बनेको छ। सडक निर्माणमा ढिलाइ हुँदा सडक हिलाम्य भएको हो। केही दिन देखि परेको वर्षाका कारण सडकमा पानी जमेको छ। जमेको पानीमा ठुला सवारीसाधन गुड्दा सडक बिग्रिएको हो। त्यसैमा निर्माण सामाग्री सहितका भारी सवारी साधनले कतिपय स्थानमा सडक भासिएको छ। 

उक्त सडक कसले र कहिले निर्माण गर्ने हो भन्ने टुङ्गो नलाग्दा अलपत्र परेको हो। सडकको अवस्थाले स्थानीयवासी र यात्रुहरू समस्यामा परेका छन्। मोहनापुल अत्तरिया छ लेन सडक निर्माण भइरहेका बेला धनगढी आउनेहरू अहिले यो सडक प्रयोग गर्दै आइरहेका छन्।

धनगढीदेखि खुटियासम्मको १० किलोमिटर सडक निर्माण नहुँदा सो बाटो हुँदै यात्रा गर्ने यात्रु मारमा परेका छन्।

२०६४ मा धनगढी खुटियासम्म १० किलोमिटर सडक कालोपत्रे गरिएको थियो। कालोपत्रे गरेको वर्ष दिन नपुग्दै भत्केपछि सडक मर्मत हुन नसक्दा सकेको थिएन।

स्थानीयवासीले १० वर्षदेखि सडकको सामान्य मर्मत पनि हुन सकेको बताएका छन्। सो सडक निर्माणका लागि दबाब दिन पटक–पटक स्थानीय बासिन्दाले आन्दोलन गर्दै आए पनि सडक मर्मतमा कसैले ध्यान नदिएको स्थानीयवासीको गुनासो छ।

बर्सातमा हिलोले सास्ती पाएका नागरिकहरू हिउँदमा उड्ने धुलो धुवाँका कारण मर्कामा परेका छन्।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.