|

चितवन : सरकाद्बारा प्रतिवन्धित विप्लव नेतृत्वको नेकपा भरतपुर महानगर कमिटीले केही व्यक्तिले पार्टीको अनुमतिविना चन्दा संकलन गरिरहेको जनाएको छ।

कमिटीका सेक्रेटरी देवकुमार र इन्चार्ज विजय शर्माद्बारा हस्ताक्षरित विज्ञप्तिमा अनुमतिविना भइरहेको चन्दा संकलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

विज्ञप्तिमा यसअघि नै पार्टीबाट निष्काशन गरिएका पुरन राई लगायतका केही व्यक्तिले विभिन्न स्थानबाट पार्टीको नाममा आर्थिक सहयोग लिएको पाइएको उल्लेख छ। यस्ता गतिविधि नसच्चिए उचित कारबाही गर्ने चेतावनी पनि दिइएको छ। पार्टीको नाममा आर्थिक सहयोग लिन आएको पाइएमा पार्टीको महानगर कमिटिलाई खवर गर्न उद्योगी व्यवसायीलाई अनुरोध पनि गरेको छ।

विज्ञप्तिमा भनिएको छ ‘मालपोत कार्यालय चनौली, स्मल हेबेन स्कुल कैलाश नगर, जानकी मावि लगायतका केही स्थानमा म नेपाल कम्युनिष्ट पार्टीको सदस्य हुँ भनी आर्थिक सहयोग लिएको सूचनाप्रति हाम्रो पार्टट्ठको गम्भीर ध्यानाकर्षण भएको छ। नसच्चिए उचित कारबाही गर्न पार्टी बाध्य हुने छ।’


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.