गाउँपालिकाले दियो सफाइ

|

सोलुखुम्बु :  थुुलुङदुधकोशी गाउँपालिका ६ मुक्लि चारघरेमा बाबुद्धारा तीन जना छोराछोरी माथि मरासन्न हुनेगरि चरम याताना दिने गरेको पाइएको छ।

स्थानीय ४२ वर्षीय तीर्थ राईले कान्छी श्रीमतीसगँ मिलेर जेठी श्रीमति पट्टिका छोराछोरीलाई बारम्बार चरम यातना दिने गरेको वडा अध्यक्ष फुर्तीमान तामाङले जानकारी दिए। 

वडा अध्यक्ष तामाङका अनुसार बाबु तीर्थ राईले लामो समय देखि ९ वर्षीय छोरा संम्योग राई, १३ र १५ वर्षीय छोरीहरुलाई शारीरिक तथा मानसिक यातना दिने गरेको वडा कार्यालयमा उजुरी दर्ता भएपछि मात्रै बाहिर आएको हो। पटक पटकको यातना सहन नसकेर पीडित बालबालीकाहरुले वडा कार्यलयमा सोमबार ज्यान बचाईदिन आग्रह गर्दै उजुरी दर्ता गराएका छन्।

केहि दिन अगाडीको यातानाबाट ९ वर्षीय बालकको ढाँडमा गहिरो चोट लागेको छ। बालकको बयान अनुसार ती निर्दयी बाबाले पछिल्लो पटक भाडा माझ्ने स्टीलझुसले ढाँडमा रगडेर खोर्सानी र नुन लगाउनुका साथै सिस्नो पानीले समेत हिर्काएका थिए। सोहीकारण ती बालको डाँडमा भएको पुरै घाउँ अहिले पाक्ने अवस्थामा पुगेको उपचारमा संलग्न जिल्ला अस्पताल फाप्लुका चिकित्सकले बताएका छन्। त्यस्तै १३ वर्षिया छोरीको पनि बाबुको पिटाईबाट १० महिना अघि हात भचिएको पीडितले बताएका छन्। आफ्नै बाबुको कुटाईबाट हात भच्चिएपनि त्रासका कारण ढाटेर उपचार गराएको पिडित बालिकाले वडा कार्यलयमा बयान दिएकी छन्।

कानुनी व्यवस्था 

 नेपालको संविधानमा बालबालिकालाई कुनैपनि श्रममा लगाउँन पाईदैन। तर ती निदर्य बाबुले त्यही श्रम नगरेपछि चरम याताना दिने गरेका छन्। बालबालीका संबन्धी ऐन २०७५ को परिच्छेद २ को दफा ७ को उपदफा ५ मा प्रत्येक बालबालिकालाई निजको बाबु, आमा, परिवारका अन्य सदस्य वा संरक्षक, शिक्षक तथा अन्य व्यक्तिबाट हुने हरेक किसिमका शारीरिक वा मानसिक हिंसा र यातना, हेला, अमानवीय व्यवहार, लैङ्गिक वा छुवाछूतजन्य दुर्व्यवहार, यौनजन्य दुर्व्यवहार र शोषणविरूद्ध संरक्षण प्राप्त गर्ने अधिकार हुने कुरा उल्लेख गरिएको छ। 

सोही दफाको उपदफा ६ मा प्रत्येक बालबालिकालाई आर्थिक शोषण हुनबाट संरक्षण पाउने अधिकार हुनेछ र बालबालिकालाई हानि हुने वा तिनीहरूको शिक्षामा बाधा अड्चन पुग्ने वा स्वास्थ्य, शारीरिक, मानसिक, नैतिक, सामाजिक विकासमा हानी पुग्ने कुनै पनि कामबाट संरक्षित हुन पाउने अधिकार हुनेछ। तर यहाँ सरासर यो ऐनको उल्लङ्घन भएको पाइन्छ। 
राईलाई उन्मुक्ती

बालबालिका सम्बन्धि ऐनको परिच्छेद ८ अनुसार थुलुङदुधकोशी ६ मुक्लिाका तीर्थ राईले गैह्रकानुनी कार्य गरेको ठहर हुन्छ। दफा ६६ को उपदफा २ को खण्ड (घ) र (ङ) निजले छोराछोरी माथि गरेको व्यवहार प्रति आकर्षित हुने देखिन्छ। खण्ड (घ)  मा घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक वा मानसिक दण्ड दिने वा अमर्यादित व्यवहार गर्ने र (ङ)  मा शारीरिक चोट पटक वा असर पु¥याउने, आतंकित पार्ने वा धम्क्याउने, तिरस्कार, उपेक्षा, भेदभाव, बहिष्कार वा घृणा गर्ने, एक्ल्याउने वा मानसिक पीडा दिने कार्यालाई बालबालिका विरुद्धको कसुर ठानेको छ। राईले छोराछोरीलाई अमर्यादित व्यवहारसँगै शारीरिक चोटपटक समेत पुर्‍याएका छन्। 

उक्त कसुर ठहरेको खण्डमा त्यस्ता व्यत्तिलाई सोही ऐनको दफा ७२ को उपदफा ३ को खण्ड (क) ले दण्ड र जरिवानाको व्यवस्था किटानकोे साथ उल्लेख गरेको छ। उल्लेखित व्यवस्था अनुसार त्यस्ता व्यक्तिलाई पचास हजार रुपैयासम्म जरिवाना र एक बर्ष सम्म कैद हुन्छ। तर यहाँ गाउँपालिकाको न्यायिक समिति, प्रहरी र वडाका प्रतिनिधि सहितको रोहबरमा भएको छलफलले सामान्य उपचार खर्चमा दोषीलाई छाडिएको छ।  घटनाको विषयमा सोमबार गाउँपालिकाको न्यायिक समितिमा छलफल भएको छ। छलफलको क्रममा राईले आफ्नो गल्ति स्वीकार गरिसकेको न्यायिक समितिले जनाएको छ।

मदिरा सेवन गरेपछि बालबालीकालाई याताना दिने गरेको छलफलको क्रममा ती बुबाले स्वीकार गरेको वडा अध्यक्ष तामाङले बताए। “ती बालबालीकालाई कठिन श्रममा समेत लगाउने गरेका रहेछन्, घर बनाउँदा ढुङ्गा बोक्ने, हिलो मुछ्ने ती केटाकेटीलेनै गर्नुपर्ने रहेछ, त्यो नमान्दा कुटि हाल्दो रहेछ।” तामाङले भने, “बालबालीकाको शरीरभरी अहिले निलडाम रहेको छ।” 

बालकको अहिले जिल्ला अस्पताल फाप्लुमा उपचार भईरहेको छ। वडा अध्यक्ष तामाङका अनुसार न्यायीक समितिमा भएको छलफलले दुई छोरीलाई निज बाबुले खर्च बेहोर्ने गरि आफ्नै फुपुको घरमा राख्ने व्यवस्था मिलाइएको छ। जेठी श्रीमती समेत दुई छोरा, दुई छोरीको जयजन्म भएपछि श्रीमानको पीडा सहन नसकेपछि छोराछोरीलाई छाडी अर्को बिहे गरेर हिडेको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.