साढे ४ महिनामा क्यान्सरपीडित चार कैदीको ज्यान गयो

|

चितवन : कारागार कार्यालय भरतपुरका अर्का एक कैदीको पनि मृत्यु भएको छ। बारा पर्सौनी ६ का ६३ वर्षीय छोटेलाल महतोको क्यान्सरको उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको कारागार प्रमुख कमलप्रसाद काफ्लेले बताए।

पेटको क्यान्सरपीडित महतोलाई विरगञ्ज कारागारबाट २०७५ साल चैत्र १५ गते भरतपुर ल्याइएको थियो। उनको मंगलबार दिउँसो ३:१५ बजे विपी कोइराला क्यान्सर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको काफ्लेले बताए।

उनीविरुद्ध २०७५ साल कात्तिक २२ गते सरकारी दस्तखत छाप किर्ते गरेको अभियोगमा १ वर्ष ३ महिना कैद र १८ लाख ४० हजार जरिमाना सजाय तोकिएको थियो। २०७६ जेठयता ४ कैदीको क्यान्सरकै कारण मृत्यु भइसकेको कारागार कार्यालयले जनाएको छ।

गएराति पनि धादिङ गजुरी गाँउपालिकाका ३६ वर्षीय साइला भनिने राजकुमार राईको क्यान्सरकै कारण मृत्यु भएको थियो। गएको जेठ ३ गते सरिता थिङ र असार ७ गत्ते भरतबहादुर थापा मगरको क्यान्सरकै कारण मृत्यु भएको भरतपुर कारागारले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.