|

दैलेख : सडक निर्माणको काम गर्दा लडेर घाइते भएका एक जनालाई भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले २१ हजार उपचार खर्चस्वरूप सहयोग गरेका छन्।

सडक निर्माणको काम गर्दैगर्दा लडेर धाइते भएका गाउँपालिका ४ का अमरबहादुर सिहंलाई आफूले गाउँपालिकाबाट पाउँने पारिश्रमिकबाट उपचार खर्च सहयोग गरेको अध्यक्ष दानबहादुर थापाले बताए।

यसअघि अगाडि आफूले गाउँपालिकाबाट पाउँने सम्पूर्ण तलव गाउँमा रहेका गरिव, दलित, अपांग, द्वन्द्वपीडितलाई सहयोग गर्ने घोषणा गरेका उनले पाँच महिनाको तलब द्वन्द्वपीडित र असाय बालबालिकाको पढाइको क्षेत्रमा सहयोग गरेका थिए।

यस्तै, जिल्लाको भैरवी गाउँपालिकाले गाउँका दुर्गम स्थानमा पुगेर महिलाको स्वास्थ्य अवस्थाको जानकारी लिने गाउँपालिका भरीका ५५ जना महिला स्वास्थ्य स्वयंसेवीकालाई गाउँपालिकाले जनही १० हजारका दरले दशैं खर्च उपलब्द गराएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादु बुढाले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.