समाज

तलब नदिइ अस्पताल प्रमुख बिदामा, कर्मचारीले ठप्प पारे सेवा
SHARES

असोज १५, २०७६

    सुनसरी : दशैंको बेला पनि ४ महिनादेखिको तलब नदिएको भन्दै सुनसरीको इनरुवा अस्पतालको सेवा कर्मचारीले ठप्प पारेका छन् । काम गरेबापत मासिक आउने तलब दशैंको आउन लाग्दासमेत नदिएको भन्दै अस्पतालका कर्मचारी स्वास्थ्यकर्मीले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन्।

    मेडिकल सुपरिटेन्डेन्ट बीना शाक्यले आफ्नो मात्र तलब खाएर काठमाडौं हिँडेको भन्दै कर्मचारी आन्दोलनमा उत्रिएका छन्। स्थायी कर्मचारीको र आफ्नो तलब बुझेर शाक्य यतिबेला  काठमाडौंमा छिन्। अन्य कर्मचारीको तलबसम्बन्धी कागजमा हस्ताक्षर नगरी मेसु शाक्य काठमाडौं गएकी हुन्।

    'आफ्नो र स्थायी कर्मचारीको मात्र तलब बाँढेर मेसु साप काठमाडौं जानु भएछ' ज्यालादारी रूपमा स्वीपरको काम गर्ने अशोक मरिकले भने 'आफ्नो तलब लिनु भो, दशैं मनाउन जानु भयो, चार महिनादेखि तलब पाएका छैन  दशैं कसरी मनाउनु?’

    तलब नपाएका स्वास्थ्यकर्मीको आन्दोलनका कारण ओपिडी सेवा पूर्ण रूपमा ठप्प भएको छ।  करार र व्यवस्थापन समिति मतहतकका कर्मचारीले काम ठप्प पार्दा इनरुवा अस्पतालले दिने सेवा नै अहिले प्रभावमा परेको हो। ओपिडी सहितका सेवा ठप्प पारिएको विषयमा अस्पताल व्यवस्थापन समितिले भने असन्तुष्टि पोखेको छ।

    स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा बन्द हडताल जायज नहुने भन्दै कर्मचारीलाई काममा फर्किन समितिले आग्रह गरेको छ। जिल्ला समन्वय समितिका समेत रहेका अस्पताल विकास समिति अध्यक्ष गोपाल राजभण्डारीले ठप्प पारिएको सेवा सुचारु गर्न अल्टिमेटम दिएको बताए।

    यता, अस्पताल प्रशासनले पनि मेसु शाक्य तलब नै स्वीकृत नगरी काठमाडौं गएको बताएको छ। फोन सम्पर्कमा काठमाडौंमा बहिनीको अप्रेशनको लागि गएको बताउने शाक्यले प्रशासनमा नियमानुसार बिदा भने लिएकी छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]