|
फाइल फोटो

बर्दिया : बर्दियाको बाँसगढीमा बाघको आक्रमणमा परि फेरि एक जनाको ज्यान गएको छ। बाँसगढी नगरपालिका २ राझाका ४० वर्षीय गंगा सलामी मगरको ज्यान गएको बर्दियाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुवाले जानकारी दिए।

बुधबार दिउँसो साढे ३ बजेतिर सामुदायिक वनबाट निस्केको बाघले मगरलाई आक्रमण गरेको थियो। बाघको आक्रमणबाट घाइते भएका मगरलाई उपचारका लागि लैजादै गर्दा बाटोमा नै ज्यान गएको जनाइएको छ।

यसअघि पनि बाँसगढी नगरपालिका राझाकै २५ वर्षीय लक्ष्मी मल्ललाई पनि बाघले आक्रमण गरेको थियो। बाघकै आक्रमणमा परि बर्दियाको ठाकुरबाबा नगरपालिकाका पहरीया थारूको समेत ज्यान गएको थियो। बाघको आक्रमणबाट स्थानीयको ज्यान जाने क्रम बढ्न थालेपछि बाघ संरक्षण चुनौती बन्नेमा चिन्ता थपिन थालेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.