‘सिसाको बोतल तथा रडले टाउको र छातीमा हान्‍नुसम्म हाने'

|

कास्की : निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रनवे प्रमुख अनिल कार्की कुटिएका छन्। विमानस्थलकै विभिन्न संरचना बनाउने ठेक्का पाएका ठेकेदार कम्पनीका म्यानेजरसमेत रहेका कमल कार्की नेतृत्वको टोलीले उनलाई बुधबार राती १० बजे कुटपिट गरेका हुन। 

‘दशैंको बेला रमाइलो गरौँ भनेर पार्टीको तयारी गरिरहेका थियौँ,’ गण्डकी क्षेत्रीयअस्पताल पोखरामा उपचाररत उनले भने, ‘एक्कासी कुटे। उनीहरूले हिजो दिउँसै देखि रक्सी खाएका थिए। कन्सलटेन्सीकै मानिसहरूले मलाई मर्नेगरी कुटेका हुन्।

 'कमल कार्की, सागर मोहन, सोेबेन्द्रराज जोशी र दवाडीले हो मलाई बोत्तल, रडले हानेको, टाउकोमा हानेपछि म बेहोस भएछु। कति कुटे थाहै भएन।’

 'कमल कार्की, सागर मोहन, सोेबेन्द्रराज जोशी र दवाडीले हो मलाई बोत्तल, रडले हानेको, टाउकोमा हानेपछि म बेहोस भएछु। कति कुटे थाहै भएन।’

उनले एयरपोर्ट निर्माणको क्रममा भएका अनियमितता बाहिर ल्याउने डरले कुटेको आरोप लगाए। उनले कमल कार्कीले केही समय पहिले पनि आफूलाई जागिरबाटै निकाल्न प्रयास गरेको उनको आरोप छ।  

‘सिसाको बोतल तथा रडले टाउको र छातीमा हान्नुसम्म हाने,’ उनले भने। कार्कीको टाउको, र आँखामा चोट लागेको छ। दायाँ आँखा सुन्नीएको र रगत जमेको देखिन्छ। शरिरका विभिन्न भागमा निलडाम समेत छ। 

‘उनीहरूले यहाँ निर्माण गरेको भवन, एयरपोर्ट बाहिरको सडकको काम गुणस्तर नभएको, सिमेन्टहरू सम्झौता अनुसारको नभएको, त्यहाँ निस्केको ढुंगाहरू अबैध तबरले बाहिर बिक्रि गरेको कुरा बाहिर भन्छ भनेर कुटे,’ उनले भने, ‘मैले यसो नगर भन्थे।

म जसरी नी समयमा यो एयरपोर्ट बनाउनुपर्छ भनेर चाइनीज टोली, आयोजना प्रमुखसँग मिलेर काम गर्थेँ। सागर मोहन मेन हो। उहाँले नै सबै निर्माणको ठेक्का पाउनु भएको छ।’ विमानस्थलमा सिआरएन्सी, स्लेट जेभीले विभिन्न भौतिक संरचना निर्माणको काम गरिरहेका छन्। स्लेटको तर्फको म्यानेजर कमलकार्कीले गैरकानुनी तबरले त्यहाँ ठेक्का पार्दै काम गरिरहेको अनिलको आरोप छ। 

‘कन्सल्टेन्टहरूको कुरा हो। कस्लाई हटाएर कस्लाई राख्यो, कस्लाई हटाएर कसलाई राख्यो भन्ने विषयमा लफडा भइरहन्थ्यो। हिजो सबैले रक्सी खाएका थिए

विमानस्थल प्रमुख बिनेस मुना नकर्मीले उनीहरूको व्यक्तिगत झगडाले ठूलो रूप लिएको बताए। ‘कन्सल्टेन्टहरूको कुरा हो। कस्लाई हटाएर कस्लाई राख्यो, कसलाई हटाएर कसलाई राख्यो भन्ने विषयमा लफडा भइरहन्थ्यो। हिजो सबैले रक्सी खाएका थिए,’ उनले भने।

यता अनिल कार्कीले प्रहरीकोमा उजुरी दिएपनि प्रहरीले चासो नदिएको आरोप लगाएका छन्। राम बजार चौकीको कन्ट्रोलले भने कुटपिटको घटना भएको तर, सामान्य रहेको बतायो। रामबजार प्रहरी चौकीका प्रमुख प्रहरी निरिक्षकले भने फोन उठाएनन। जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीले भने यसबारे केही जानकारी नआएको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.