|

दैलेख : जिल्लाको नारायण नगरपालिकाको लापरबाहीका कारण दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता पाउनबाट बन्चित भएका छन।

बृद्धबृद्धा तथा एकल महिला ज्येष्ठ नागरिकले पाउनुपर्ने पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता नपाएका हन्। संघीय सरकारले समयमै पठाएको भए पनि  नगरपालिकाको लापरबाहीका कारणले ज्येष्ठ नागरिकले भत्ता पाउँन नसकेका हुन्।

विगतमा नगरपालिका १ देखि ९ वडासम्मको सामाजिक सुरक्षाभत्ता दैलेखमा रहेको एनएमबी बैंकबाट वितरण गरिँदै आएको थियो। यसपटक कार्यकारी अधिकृतको सरुवाको कारण देखाउँदै नगरपालिकाले समयमै निकाशा नदिँदा ज्येष्ठ नागरिकले दशैंको मुखैमा भत्ता पाउनबाट बन्चित भएका हुन्।

नारायण नगरपालिका दैलेखका प्रमुख प्रशासकीय अधिकृत रेशम बुढाले नगरपालिकाको खाता संचालन गर्न समय लागेका कारण सामाजिक सुरक्षाभत्ता वितरण गर्न ढिलाइ भएको बताए। उनले कोष तथा लेखा नियन्त्रण कार्यालयबाट चेक आउन ढिला भएका कारण पनि समयमै समाजिक सुरक्षा भत्ता पठाउन नसकिएको बताए।

दशैं अगावै पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी भए पनि प्राविधिक कारणले ढिलाइ भएको नगरपालिकाका नगर प्रमुख रत्न बहादुर खड्काले बताए।

यता, एमबि बैंकलाई नगरपालिकाबाट १३ गते मात्र सामाजिक सुरक्षा भत्ता निकासाको चेक आएकोले केही समस्या भएको बैंककी जिल्ला प्रबन्धक निर्मला श्रेष्ठले बताइन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.