|
फाइल फोटो

काठमाडौं : नेपाल चिकित्सक संघले मेडिकल कलेजहरूको शुल्क तत्काल निर्धारण गर्न सरकारसँग माग गरेको छ।

चर्को शुल्क असुली गरेको भन्दै मेडिकल कलेजहरूविरुद्ध आन्दोलन भइरहँदा नेपाल मेडिकल कलेजका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले तत्काल शुल्क निर्धारण गर्न सरकारसँग माग गर्नु भएको हो। उनले वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सहमतिअनुसार चिकित्सा क्षेत्रको सुधारमा सरकार लागि नपरेको आरोप पनि लगाए।

बिहीबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले राष्ट्रिय चिकित्सा शिक्षा ऐन कार्यान्वयनको कामलाई प्रभावकारी बनाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।

अध्यक्ष श्रेष्ठले चिकित्सा शिक्षा आयोगको बैठक समेत सरकारले नबोलाएका कारण यस क्षेत्रको समस्या समाधानका लागि आवश्यक निर्णय लिन कठिनाई भइरहेको पनि स्पष्ट पारे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.