|

धनुषा: वडा दशैं, दिपावली र छठ पर्वलाई लक्षित गरी जनकपुरस्थित गोपाल धर्मशालामा लागेको सस्तो बजारमा उपभोक्ताको घुइचो लागेको छ। औषत रुपमा बजार मूल्य भन्दा सस्तोमा समान पाएपछि किनमेल गर्नेहरुको भिड देखिएको हो। 

विशेष गरी लत्ताकपडा, सावुन, प्लाष्टिकका भाडा वर्तन, कस्टमेटिक समान, खेलौना, खाद्यान्न लगायतका समानको अत्यधिक विक्री भइरहेको देखिन्छ। बजारभन्दा यहाँ सस्तोमा पाइरहेका कारण उपभोक्ताहरु विशेष गरी थोक समान नै खरिद गर्छन्।

सस्तो बजारमा प्रत्येक समानमा २/४ रुपैया सस्तो पाइरहेको जनकपुरका रोषण मण्डलले बताए। उनले एक कार्टुन चाउँचाउँ किन्दा बजारको भन्दा यहाँ १० रुपैयाँ कम लागेको सुनाए। 

उद्योग वाणिज्य संघ जनकपुरको आयोजनामा सस्तो बजारको आयोजना गरेको हो। संघका अध्यक्ष ललिलकुमार साहले चाडपर्वका बेला सस्तो र गुणस्तर सबै समान एकै ठाउँमा उपभोक्ताले किन्न पाउन भन्ने उदेश्यले सस्तो बजारको आयोजना गरिएको बताए।

 सस्तो बजारमा उपभोक्ताको भिड 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.