|

काठमाडौं : ललितपुरको ऐतिहासिक बस्ती खोकनाका स्थानीय बासिन्दाले प्रत्येक वर्ष दशैँको सट्टामा ‘सिकाली पर्व’ मनाउँदै आएका छन्। यसपर्वमा हिन्दु धर्मका विभिन्न १४ देवीदेवताको पूजाआजाका साथै परम्परागत नाच तथा संगीत प्रदर्शन गरिन्छ।

दशैँको अवधिभर मनाइने यो जात्रामा आफन्त तथा साथीभाइलाई बोलाएर खुवाउने, नृत्य तथा जात्रा देखाउने गरिन्छ। 

दशैँमा खोकनावासीले जमरा राख्दैनन्, टीका पनि लगाउँदैनन्। खोकनाका स्थानीय नेवारलाई अहिले दशैँ होइन, सिकाली (सिद्धिकाली) जात्रा लागेको छ। यहाँ सिकाली जात्रालाई मुख्य पर्वका रूपमा मनाउने गरिन्छ।

खोकनामा मुख्य तगु, सलागु र जगु गरी तीनवटा गुठी छन्। दशैँ तृतीयाको दिन शनिबार तगु र सला गुठीका चार-चारजना कुमार केटा नुहाएर चोखो लुगा लगाई उपवास बस्छन्। आआफ्ना गुठीका मुख्य थकालीबाट पूजा सामग्री लिई बस्तीभन्दा पर सिकाली चौरस्थित सिकाली देवीलाई विधिपूर्वक नृत्य र गोप्य पूजा गर्छन् र जात्रा सुरु हुन्छ। 

बज्रयान परम्पराअनुसार सम्राट अशोकले हतियार त्यागेर विश्व शान्तिको अभियान सुरुवात गरेका थिए। त्यसैको सम्झनामा सिकाली जात्रा मनाइने गरेको जनविश्वास छ। 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.