|

जाजरकोट : लामो समयको प्रतीक्षा पछि डोल्पाको जलदुला हाइड्रोपावर कम्पनीले मुआब्जा वितरणका लागि पहल थालेको छ।

तोकिएको समयभित्र डिपिआरको काम पूरा नभएर ६ महिना थपी माग २० भित्र प्रतिवेदन दिने सहमती कन्सलटेन्सीसँग आयोजनाले गरेको छ। माघभित्र प्रतिवेदन आउने पक्का भएपछि मुआब्जाको काम सुरु भएको कम्पनीका प्रमुख सञ्जय सापकोटाले बताए।

३०७ मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ काम थालिएको भए पनि अहिले भौगलिक विकटता कारण १०६ मेघावाट मात्र विद्युत उत्पादन गर्न सकिने प्राविधिक टिमको सल्लाहअनुसार क्षमता घटाएर काम सुरु गरिएको उनले बताए।

एनए इन्जिनेरिङ कन्सलटेन्सीले डिपिआरको जम्मा लिएको थियो। २० महिनाभित्र निर्माण पूरा गर्ने भनी गरिएको सम्झौताअनुसार काम पूरा नभएपछि अहिले ६ महिना थपेर डिपिआरको कामलाई तीव्रता दिइएको छ। 

आयोजनाको विद्युत उत्पादन गृह मुडकेचुला गाउँपालिकाक-४ इलमा बन्ने छ भने जगदुला गाउँपालिका-१ र २ मा ड्याम निर्माण गरिने छ।  पहिलो चरणमा २४० रोपनी जग्गा अधिग्रहण गर्न लागिएको हो।  अर्धजलाशयको रूपमा निर्माण कार्य थालिएको आयोजना ६ वर्षभित्र निर्माण कार्य पूरा गर्ने लक्ष्य लिइएको छ।

६.१ किलोमिटर भूमिगत सुरुङ निर्माण गरी इलस्थित ३ सय मिटरभित्र रहेको विद्युत उत्पादन गृहमा खसालेर विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ। जगदुला गाउँपालिका-१ हुरीकोटमा २० मिटर उचाइको जलशययुक्त ड्याम निर्माण हुँने छ भने उक्त ड्यामको १०० मिटर चौडाइ रहेको प्रमुख सञ्जय सापकोटाले बताए।

६ घण्टा पानी थुनेर आयोजना सञ्चालन गरिने छ। ३ सय मिटर जमिनभित्र भूमिगत विद्युत् उत्पादन गृह निर्माण गरी यहाँबाट उत्पादन भएको विद्युत सिधै जाजरकोट नलगाड नगरपालिका-७ दानीपिपलमा रहेको ४०० केभी प्रशारण लाइनमा जोडिने लक्ष्य राखिएको छ।

विद्युतको केन्द्रीय प्रशारणले जोडिन नसकेको डोल्पामा यो विद्युत आयोजना निर्माणका लागि विद्युत उत्पादन गृह मुड्केचुला गाउँपालिकाको ईलस्थित सेतीखोलाबाट २ मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ। त्यस्तै, ड्याम स्थलमा काम गर्नका लागि जगदुला गाउँपालिका-१ हुरीकोटमा रहेको हुरीकोट खोलाबाट २ मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाका प्रमुख सञ्जय सापकोटाले जानकारी दिए।

चार मेघावाट विद्युतबाट पनि काम गर्न विद्युत अभाव भएमा डिजेल पलान्टबाट विद्युत उत्पादन गरेर काम सुरु गरिने छ। तल्लो डोल्पामा पर्ने यो आयोजना निर्माणस्थलसम्म पुग्नका लागि जाजरकोट सदरमुकामबाट दुई दिन लाग्ने गर्दछ। जाजरकोट-डोल्पा सडकखण्डको त्रिवेणीबाट ५ घण्टामा विद्युत उत्पादन गृहसम्म पुग्न सकिन्छ।

डोल्पाको भाग्य र भविष्यसँग जोडिएको आयोजना भएकाले यसलाई छिटो, छरितो निर्माणका लागि पहल कदमी जारी रहेको पूर्वशान्ति मन्त्री तथा डोल्पाकी सांसद सत्य पहाडीले बताइन्। नलगाड जलविद्युत आयोजना र जलदुला जलविद्युत आयोजना निर्माणस्थल १ दिनको फरक दूरीमा छन्।

यी दुवै विद्युत् आयोजना निर्माणका लागि केन्द्रीय विद्युतको (११ केभी) प्रशारण लाइन जाजरकोटबाट जोड्ने कामसमेत सुरु भएको पहाडीले बताए। भौगलिक रूपमा निकै जटिल भु बनोट रहेको डोल्पामा विकास गर्दा निकै चुनौती मोल्नु पर्नेछ। विद्युत उत्पादन गृह र ड्यामस्थलसम्म मात्र अहिले जग्गा अधिग्रहणको काम सुरु भएको छ।

जग्गा अधिग्रहणपछि यहाँको मुआब्जा कति दिने भन्ने प्रमुख जिल्ला अधिकारी मुकेश केसरीको संयोजकत्वमा बसेको बैठकले दररेट निर्धारण गर्नेछ। यो आयोजना निर्माण कार्य सुरु भएसँगै जग्गाको भाउ बढेको मुड्केचुला गाउँपालिका अध्यक्ष दत्तबहादुर शाहीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.