|
प्रतीकात्मक फोटो

जाजरकोट : समायोजन भएर लेखापाल विष्णु शाहीको सरुवा भएपछि  डोलपाको काइके गाउँपालिकाका शिक्षक, कर्मचारी र जनप्रतिनिधिले तलवभत्ता पाउन सकेको छैनन्। 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम भट्टराईले सूत्र (बजेटसम्बन्धी सफ्टवेयर)मा इन्ट्री गर्ने र लेखापाल नहुँदा शिक्षक, कर्मचारी र जनप्रतिनिधिको तलव निकासा गर्न नसकिएको हो। २८ लाख रकम कर्मचारीलाई तलबभत्ता अपुग भएको निमित्त गाउँपालिकाका अध्यक्ष तथा वडा नं ७ का अध्यक्ष रामचन्द्र रोकायले जानकारी दिए।

काइके गाउँपालिकामा १४ विद्यालयका ६१ जना शिक्षक कार्यरत छन्। अरनिको माविका प्रधानाध्यापक नरबहादुर रानाभाटले भने, 'दशैंमा समेत तलब नपाउँदा कसरी मनाउने? घर परिवार समस्य कसरी टार्ने।'

कोष तथा लेखा नियन्त्रण कार्यालयका लेखापाल हरिदत्त न्यौपानेका अनुसार सूत्रको प्रयोग नगरेको भए पनि कबुलियतनामा गरेको अवस्थामा बजेट निकासा गर्न सकिन्छ। तर, त्यसरी कबुलियतनामा गर्ने कर्मचारीसमेत नहुँदा बजेट निकासा हुन नसकेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.