|

कपिलवस्तु : भारतीय अवैध रकमसहित कपिलवस्तुमा एकजना पक्राउ परेका छन्। शसस्त्र प्रहरी कपिलवस्तुको टोलीले शरीरमा लुकाइछिपाइ भारत लैजाँदै गरेको ७ लाख ६० हजार ६ सय ५० भारतीय रुपैयाँसहित एक व्यक्तिलाई पक्राउ गरेको हो।

सशस्त्रको टोलीले कृष्णनगरको लिंकगेटस्थित चेकपोष्टबाट चेकजाँचका क्रममा लुकाई छिपाई कम्मरमा बाधेर भारततर्फ सो रकम लैजादै गर्दा दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका ८ का कृष्ण बहादुर ओलीलाई पक्राउ गरेको हो।

नियन्त्रणमा लिइएका ओलीबाट २ हजार, १ हजार, ५ सय र १ सय तथा ५० दरका नोट गरि सो परिमाणमा भारतिय मुद्रा फेला परेको र उनलाई थप कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालयमा पठाइने तयारी गरिएको सशस्त्र प्रहरी नम्बर २८ गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक जनक पुरीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.