|

मुगु : कर्णाली प्रदेशका जिल्लामा कुल देवताको रुपमा मस्टोलाई पुर्जा गर्ने चलन छ। कणाली प्रदेशका सबै जिल्लामा मस्टोको मन्दिर (थान) छन्। तर सबै भन्दा जेठो भाई मुगुको छायाँनाथ रारा नगरपालिका १३ थार्प गाउँमा रहेको मस्टो लाई मानिदै आएको जानकारहरू बताउछन्। 

९ पुस्ता अगाडि १३ सय सालमा भारतको पिथौरागडबाट मस्टो देवता आई थार्प गाउँको रुखमुनि बसेको बृद्धहरूको भनाई छ। थार्प मस्टाको मेला बैशाख पूर्णिमा, साउन पूर्णिमा, जुहारे पूर्णिमा, कार्तिक पूर्णिमा, माघ पूर्णिमा र भैल्या पूर्णिमा गरी वर्षमा ६ पटक भब्य रुपमा मेला लाग्ने गर्दछ।

मेला हेर्न तथा थार्प मस्टोको दर्शन गर्नका लागि कर्णाली प्रदेशका मुगु, जुम्ला हुम्ला दैलेख सुर्खेत जाजरकोट कालीकोट लगायतका जिल्ला र सुदूर पश्चिम प्रदेशका बाजुरा अछाम,डोटी डडेल्धुरा, दार्चुल बैतडी बझाङलगायतका जिल्लाबाट धार्मिक पर्यटक समेत थार्प मस्टाको मेला हेर्न र दर्शन गर्न आउने गरेको छायाँनाथ रारा नगरपालिका १३ का  स्थानीय सज्जने बोहोरा बताउछन्।

थार्प मस्टोको दर्शन गरेमा आफूले चाहेको वर पूरा हुने भएकाले धार्मिक बिश्वासका कारण प्रत्येक वर्ष तीर्थालु भक्तजन थार्प आउने गर्दछन्।

मागेको पूरा हुने विश्वास 

कुल देवताका रुपमा मस्टोलाई कर्णालीमा पुर्जाआर्ज गर्ने गरेको भए पनि थार्प मस्टाको महत्व फरक छ। अन्य मस्टोले खासै सत गर्न नसकेका बेला थार्प मस्टाले भबिष्यमा हुने नहुने के छ सबै ठोकुवाका साथ भन्ने गरेको र भने बमोजिम लागू पनि हुँदै आाएको किम्बदन्ती छ। 

छोरा नभएका मान्छे छोरा दिने, चुनाबमा बिजय प्राप्त हुने नहुने अग्रिम जानकारी दिने, श्रीमती नपाएकालाई श्रीमती ल्याउन सहयोग गर्ने जस्ता बिशेष महत्वका भविष्यवाणी गर्ने भएकाले पनी थार्प मस्टोको बिशेष महत्व हुनुका साथै बाहिरी जिल्लाका तीर्थालु भक्तजन दर्शन गर्न आउने स्थानीय दलसिंह बोहोराले बताए। 
उनले भने,' थार्प मस्टोको दर्शन गरेर माग गरे पूरा हुने गर्दछ। छोरा नभएका मान्छे छोराको वर माग्न आउछन्। चुनाव हुनु पर्व आप्नो बिजयको अवस्था थाहापाउन थार्प मस्टोको दर्शन गर्न आउछन्। श्रीमती नपाएकाहरू आफ्नो दुख प्रकट गर्दछन्।'

 त्यसै अनुसार अदालतले गर्न नसकेको काम पनि थार्प मस्टाले टुंग्याउने जस्ता महत्वपूर्ण काम गर्ने भएकाले अन्य देवीदेवता भन्दा थार्प मस्टोलाई बिशेष महत्वका साथ पुज्ने र पूर्णिमाको अवसरमा दर्शन गर्नेहरूको भीड हुने बाहोराको भनाई छ।

देवता बाहिर जान नपाउने

थार्प मस्टाकोे देवता भएमा (धामी) भएपछि त्यो मान्छेले घर भन्दा बाहिर जान नपाउने हुन्छ। गाउँ वर पर घुमे पनि खोला कटाएर जान मिल्दैन। धामीको अवतारपछि तल्लो शरीर नाङ्गै खुट्टा खाली  हिड्नु पर्ने हुन्छ।

खोला कटाएर गहेमा धामीलाई बिरामी हुने स्थानीय बताउँछन्। साउन शुक्ल पूर्णिमामा अन्य देवता दर्शन गर्न नुहाउन प्रवित्रधाम छायाँनाथ धाममा जाने गरेका भए पनि थार्प मस्टा नजाने र थार्पमस्टा नजिकै रहेको काउला पानीमा नुहाउने स्थानीयको भनाई छ। अन्य देवता भन्दा ठूलो देवता हुँ भन्ने मान्यताका साथ आफ्नै अडानमा काम गर्ने र सुहाउँदो माग गरे माग पूरा गरिदिन बिश्वास समेत रहेको छ।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.