|

काठमाडौं :  अर्थमन्त्री डा. युवराज खतिवडाले  दक्षिण एसियाली मुलुकको विकासका लागि देशहरु बीच एक आपसमा गहिरो आवद्धता, यातायात, ऊर्जा, सञ्चार लगायतमा बढी कनेक्टिभिटी र वित्तीय एकिकरण हुनुपर्ने पर्ने बताएका छन्। भारतको नयाँ दिल्लीमा भएको विश्व आर्थिक मञ्चको कार्यक्रममा दक्षिण एसियाली मुलुकको आर्थिक परिदृश्य विषयमा सम्बोधनको क्रममा उनले दक्षिण एसियाली मुलुक बिच गहिरो आवद्धता आवश्‍यक रहेको बताए। 

उनले आर्थिक विकासको चरण, मानव स्रोत तथा प्राकृतिक स्रोतले दक्षिण एसियाको आर्थिक वृद्धिदर औसत ७ प्रतिशतको हाराहारीमा भइरहन सक्ने उल्लेख गर्दै यस क्षेत्रका वस्तु र सेवाको बाह्य मागले समेत यसमा असर पार्ने बताए।

दक्षिण एसियाली मुलुकबाट वैदेशिक रोजगारीमा कामदार जाने गरेका र यसबाट प्राप्त रेमिट्यान्स र पर्यटनमा विश्व अर्थतन्त्रमा आएको सुस्तताले असर गर्न सक्ने बताए। अर्थमन्त्री डा. खतिवडाले दक्षिण एसियाली व्यापारका क्षेत्रमा दक्षिण एसियाली राष्ट्रहरु विच  एक अर्कामा प्रतिष्पर्धा गर्ने क्षेत्र धेरै भए पनि पर्यटन क्षेत्रमा भने प्रतिष्पर्धा होइन परिपूरक भूमिका रहन सक्ने बताए।

यस क्षेत्रमा पर्यटनको विकासबाट रोजगारी सिर्जना र आम्दानीको पुनर्वितरणमा सहयोग हुने बताउदै उनले दक्षिण एसियाली मुलकहरुको सहकार्यवाट पर्यटन विस्तार भई आर्थिक वृद्धिलाई सहयोग पुग्ने बताए। गौतम बुद्धको जन्मस्थल लुम्विनी र सगरमाथाको देश नेपालले पर्यटकहरुलाई धेरै कुरा दिन सक्ने बताउंदै उनले सन् २०२० लाई नेपालले भ्रमण वर्षको रुपमा मनाउने भएकोले नेपाल भ्रमण गर्नका लागि सहभागीहरुलाई आह्‍वान गरे।

सम्बोधनका क्रममा अर्थमन्त्री डा. खतिवडाले नेपालले पर्वाधार क्षेत्रमा वित्तीय अभाव वा पुूरा गर्न सार्वजनिक निजी साझेदारी, समिश्रित वित्त तथा सम्भाव्यता न्यून परिपूर्ति कोष लगायतका लगानीका विभिन्न माध्यम अपनाएको बताए। भारत र चीन नेपालमा धेरै वैदेशिक लगानी गर्ने देश भएको उल्लेख गर्दै उनले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण भएको बताए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.