|

बैतडी : बाथरोगका बिरामीहरुलाई मध्यनजर गरेर आयुर्वेद औषधालय मुस्याचोर र शाहीलेक सञ्चालन गरिएको पञ्चकर्म सेवा अन्तर्गत स्वदेन र स्नेहन सेवा बन्द भएको छ।

कार्यक्रम ढिला आएकाले साउन १ गतेदेखि सो सेवा बन्द भएको आयुर्वेद औषधालयका बरिष्ठ वैद्य नरेन्द्र कलौनीले बताए।  बजेटको अभावमा सेवा बन्द भएपछि सेवाग्राही मार्कामा परेका छन्।

गाउँ नजिकैको आयुर्वेद औषधालयमा बाथरोगको उपचार पाएपछि खुसी भएका स्थानीय सेवा बन्द हुँदा निराश भएका छन्। केही महिना सञ्चालन भएको पञ्चकर्म सेवा अन्तर्गतको स्नेहन र स्वदेन सेवा गएको साउनबाट बन्द हुँदा आफूहरुलाई समस्या भएको दशरथचन्द नगरपालिका १ हरिप्रिया भट्टले जानकारी दिए। 

बाथरोगका बिरामीहरुलाई मध्यनजर गरेर शुरु भएको सेवा बन्द हुँदा बिरामीहरु मार्कामा परेका छन्। बजेटको अभावमा स्वेदन र स्नेहन सेवा सञ्चालन गर्न नसकिएको हो। नयाँ कार्यक्रममा स्वेदन र स्नेहन सेवा सञ्चालन गर्न बजेट आइसकेकाले तिहारपछि यो सेवा सुचारु हुने बरिष्ठ वैद्य कलौनीको भनाई छ। 

लामो समयसम्म औषधिको प्रयोग गर्नुपर्ने र आयुर्वेद औषधिको साइड इफेक्ट नहुने भएकाले पञ्चकर्म सेवा उपयुक्त मानिन्छ। पञ्चकर्म सेवा शुरु गर्न सके लामो समयदेखि दम,बाथरोग, गठियाबाद लगायतका बिरामीहरुलाई सजिलो हुने गर्दछ।  बैतडीको मेलौली, मुस्याचौर र शाहीलेक गरी ३ स्थानमा  आयुर्वेदिक औषधालय रहेका छन्। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.