|

काठमाडौं : नेपाल राष्ट्र बैंकले यस वर्ष दशैंमा १२ अर्ब रुपैयाँ नयाँ नोट वितरण गरेको छ । असोज १० गतेदेखि १७ गतेसम्म विभिन्न बैंकहरुबाट यो रकम वितरण गरिएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए।

राष्ट्र बैंकले एक जनालाई ५, १०, २०, ५० र १ सय रुपैयाँ दरका एक एक प्याकेट गरी अधिकतम १८ हजार ५ सय रुपैयाँसम्म साट्न सक्ने व्यवस्था मिलाएको थियो । त्यसभन्दा धेरै चाहिनेलाई सुकिलो नोट उपलब्ध गराइएको प्रवक्ता निरौलाले बताए। गत वर्ष र यो वर्ष नोटको परिणाम बराबर रहेपनि यो वर्ष नोट साट्न सअहज भएको सर्वसाधरणले गुनासो गरे। 

निजी र सरकारी बैंकबाट बराबर रकम बाडिएको राष्ट्र बैंकले जनाएको छ। तर निजी बैंकले केही दिनमा नै पैसा सकिएको ताएका थिए। बैंकले पैसा दिन नसकेपछि सर्वसाधरण १० प्रतिशत कमिशन दिएर खुथपाथ व्यापारीसँगबाट समेत पैसा किन्न बााध्य भए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.