समाज

सुर्खेतमा जीप दुर्घटना : एकको मृत्यु, ९ जना घाइते
SHARES

प्रतीकात्मक तस्विर
असोज १९, २०७६

    सुर्खेत : वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १४ को रातानाङ्लामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

    नेपालगञ्जबाट जुम्लातर्फ जाँदै गरेको जीप आइतबार बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्लामा दुर्घटना भएको हो।

    जिल्ला प्रहरी कार्यालयका अनुसार जुम्ला हिमा गाउँपालिका–१ का २५ वर्षीय सुरेन्द्रकुमार शाहीको दुर्घटनामा मृत्यु भएको हो। उनको उपचारको क्रममा मृत्यु भएको हो भने चालकसहित नौजना घाइतेको उद्धार गरिएको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। गम्भीर घाइते जुम्ला गोठीचौर गाउँपालिका–४ का ३२ वर्षीय धनानन्द पाण्डे र २९ वर्षीय धर्मदत्त देवकोटाको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) रवि रावलले जानकारी दिएका छन्।

    भे १ ज १०८४ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकदेखि करीब १०० मिटर तल खसेको प्रहरीको भनाइ छ। घाइते हुनेमा जुम्लाको चन्दनाथ नगरपालिका–७ का १८ वर्षीय नन्दा रावल, १७ वर्षीय निर्मल रावल, १८ वर्षीय प्रकाश रावल, गोठीचौर गाउँपालिका–४ का २६ वर्षीय लोकेन्द्र जैशी, ३५ वर्षीय हरिचन्द्र न्यौपाने, ६३ वर्षीय भवानीप्रसाद पाण्डे र सुर्खेत भेरीगङ्गा नगरपालिका–१२ छिन्चुका ३१ वर्षीय गोविन्द सिंह रहेका छन्।

    घाइतेको वीरेन्द्रनगरस्थित माया नर्सिङ होममा उपचार भइरहेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]