|
फाइल फोटो

काठमाडौं : दशैंमा तरकारीको मूल्य पनि ह्वात्तै बढेको उपभोक्ताले गुनासो गरेका छन्।

अष्टमीको दिन काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारमा पुगेका उपभोक्ताले तरकारीको मूल्य पनि ह्वात्तै बढेको प्रतिक्रिया दिएका हुन्। दशैंमा आवागमन ठप्प भएपछि व्यापारीले काठमाडौंमा तरकारीको मूल्य ह्वात्तै बढाएको पाइएको छ। दशैंमा आवागमनको काम ठप्प भएपछि तरकारीको मूल्य ह्वात्तै बढन गएको पनि उपभोक्ताको भनाइ छ।

कालीमाटी तरकारी होलसेल बजारमा लसुनको प्रतिकेजी १२० रुपैयाँ मूल्य रहेको छ। बाहिर अन्य पसलमा लसुनको मूल्य व्यापारीले प्रतिकेजी १६० सम्म पुर्‍याएका छन्। त्यसैगरी, अदुवाको मूल्य पनि प्रतिकेजी २४० रुपैयाँ पुर्‍याइएको छ। कालीमाटी खोलसेल बजारमा खोर्सानी प्रतिकेजी ३८० रुपैयाँमा बिक्री गरिएको छ भने यसलाई बजारमा ४०० रुपैयाँसम्ममा बिक्री गरिएको छ। विशेष गरी दशैंमा सवारी साधान नचलेपछि तरकारीको आपूर्तिमा पनि कमी आएको छ।

यता, सरकारले बजार अनुगमनको काममा उपस्थिति देखाउन नसक्दा पनि तरकारी, फलफूलसहित दशैंका लागि उपभोक्तालाई अतिआवश्यक पर्ने वस्तुहरूको मूल्य ह्वात्तै बढाइएको हो। वस्तुको मूल्य ह्वात्तै बढ्दा यस वर्षको दशैंमा मारमा पार्नुपरेको आम उपभोक्ताको गुनासो छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.