रातारात तीनकुनेको चोकमा छायो हरियाली

|

काठमाडौं : चीनका राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमणको तयारीमा सरकारी निकाय तीव्र गतीमा लागेका छन्। खासगरी सरकारको तयारी सीको सवारी हुने सडकका किनारा सिंगारपटार गर्ने काममा रात दिन नभनी लागेको देखिएको छ। 

असोज अन्तिम साता नेपाल भ्रमणमा आउन लागेका चीनका राष्ट्रपति सी जिनपिङ सम्भवतः असोज २७ गते नेपाल भ्रमणमा आउँदै छन्।

राष्ट्रपति सी को स्वागतका लागि सरकारले काठमाडौंका सडक सुधार तीव्र पारेको छ। सीको आवतजावत हुने सडकको स्तरोन्नति र रंगरोगनको काम तीव्र रूपमा भइरहेको छ।

सी को स्वागतका लागि काठमाडौं रातारात सिंगारिँदै छ। सडकका खाल्डाखुल्डी पुरिएका छन् भने रंगरोगन पनि जारी छ। उपत्यकाका सडक किनारा हरियाली बनाउने र सफाई अभियान चलिरहेको छ।

सडक र सडकपेटीमा पेन्टिङ गरेर चिटिक्क पार्ने काम धमाधम भइरहेको छ। यस्तै सडक पेटीमा नेपाल चिनाउने फ्लेक्स बोर्डले सजाउने काम भइरहेको छ।

यस्तै पार्क बनाउने भनेर वर्षौंसम्म अलपत्र पारिएको तीनकुने चोकमा रातारात हरियाली छाएको छ। सडक छेउछाउ हरिया विरुवा रोपिएका छन्। त्यहाँ दुबो लगाउते र चिनियाँ राष्ट्रपति सी त्रिभुवन विमानस्थलबाट ओर्लिएर अगाडि बढ्दा यो हरित पार्कले स्वागत गर्ने बताइएको छ। मुख्य रूपमा विमानस्थल परिसर, विमानस्थलदेखि सोल्टीमोडसम्म र राष्ट्रपति भवन शितल निवास क्षेत्रको बाटो मर्मत सम्भारको कामलाई प्राथमिकतामा राखेको सडक डिभिजन कार्यालय काठमाडौंले जनाएको छ।

सरकारका विशिष्ट निकाय, गृह मन्त्रालय, विभिन्न सुरक्षा निकाय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, प्रशासनिक निकाय, विकासका साझेदारलगायत सबै निकायमा यतिबेला राष्ट्रपति सी भ्रमणको तयारीको चटारो छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.