|

साउदी अरबले भिसा नियममा परिवर्तन गरेको छ। परिवर्तित भिसा नियमअनुसार अब साउदी आउने विदेशी जोडीले होटलको कोठा भाडामा लिएर सँगै बस्न पाउने छन्। यसका साथै कुनै पनि महिलाले होटलमा कोठा लिएर एक्लै बस्न पाउने छिन्।

यो नियमअघि यहाँ अविवाहित जोडीलाई होटलको कोठा भाडामा लिएर बस्न निषेध थियो। बस्न चाहे उनीहरूले विवाहिता प्रमाणित गर्नुपर्ने बाध्यता थियो। साउदी सरकारले लागू गरेको नयाँ नियमलाई साउदीमा पर्यटक आकर्षित गर्ने प्रयासको रूपमा हेरिएको छ।

यो नियमभन्दा पहिला साउदीमा आउने जोडीले विवाहिताको कागजपत्र देखाउनु पर्थ्यो। अब भने साउदीमा आउने जोडीले होटलको कोठा भाडामा लिएर बस्दा विवाहिता प्रमाणित गर्नु पर्ने छैन। यहाँको पर्यटन तथा राष्ट्रिय पुरातात्त्व मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यो कुराको जानकारी दिएको हो।

मन्त्रालयले भनेको छ 'साउदी अरबका नागरिकका परिवारका सदस्यले आइडिया सम्बन्ध प्रमाणित गर्ने प्रमाण पत्र होटलमा देखाउनु पर्ने छ। तर विदेशी जोडीका लागि यो जरुरी हुँदैन। सबै महिलाहरूले आइडी देखाएर होटलको कोठा भाडामा लिन सक्नेछन्। यस्तो साउदी महिलाले पनि गर्न पाउने छन्।'

मन्त्रालयले अगाडि भनेको छ, 'नयाँ भिजा नियमअनुसार महिला पर्यटकले पूर्ण रूपमा आफूलाई बुर्काले छोप्न बाध्यकारी हुने छैन। यद्यपि उनीहरूले मर्यादित कपडा लगाउने छन् भन्ने हाम्रो अपेक्षा छ। मदिरा भने अहिले पनि प्रतिबन्धित रहेको छ।'

साउदी अरबको परिचय अहिले पनि सबै भन्दा कठोर नियम भएको देशको रूपमा रहिआएको छ। तर, खुल्ला बजार अर्थव्यवस्थामा साउदी अरबले अब भने आफूलाई उती साह्रो कडा नियममा राख्न चाहँदैन। साउदी चाहन्छ आफ्नो देशमा पनि पर्यटकको संख्या वृद्धि होस र आर्थिक उपार्जन गर्न सहज होस्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.