|

दाङ:  दाङका तुलसीपुर कारागारका कैदीबन्दीले वडाभोजमा गरेका छन्। बिजयादशमी २०७६ को अवसरमा कारागार कार्यालय तुलसीपुरको नँया बन्दीगृहका कैदीबन्दीहरुले बडाभोजको आयोजना गरेका हो ।

 कार्यक्रममा नगरप्रमुख घनश्‍याम पाण्डेले प्रदेश सरकारसँगको जारी रहेको छलफलका बारेमा कैदीबन्दीहरुलाई जानकारी गराउँदै नमुना कारागार बनाउने बताए। उनले अब कारागारहरु सुधारगृहको रुपमा बिकास गर्ने पर्ने बताए।

 कारागारमा सीप समेत सिक्ने र अध्ययन गर्न पाउने ब्यबस्था भएकाले सीप सिकेर जीवन जिउन कैदीबन्दीलाई आग्रह गरे । प्रमुख पाण्डेले भने'कैदीबन्दीले उत्पादन गरेको सामाग्रीको बजारिकरण उपमहानगरपालिकाले गर्नेछ'  उनले अव योग प्रणायाम बाट मानसीक तथा बौद्धिक विकास गर्न सकिने भएले यसप्रति ध्यान दिन समेत आग्रह गरे ।

कारागार कार्यालय तुलसीपुरका जेलर जोखिम वलिले कानुन विपरित कार्यलाई न्यूनिकरण गर्न समुदायमा सकारात्मक सोचको बिकासमा जोड दिनुपर्ने बताए । आर्थिक बर्षको सुरुवातसंगै चौकिदार र नाइकेको लोकतान्त्रिक पद्धतीबाट चयन गर्ने प्रचलनको बारेमा  समेत दिए । कैदीबन्दीहरुले सर्वसम्मत चौकिदार र नाइकेको चयन गर्ने ब्यबस्था छ । यदी सहमति हुन सकेन भने निर्वाचन प्रक्रियामा जाने चलन रहेको र यसअघि कारागार कार्यालय तुलसीपुरमा निर्वाचन भएको समेत स्मरण गराए ।

कैदीबन्दीले चयन गरेका ब्यक्तिको लागि कारागार प्रशासन शाखा र जिल्ला प्रशासन कार्यालयले बिभागमा सिफारीस गर्ने र त्यहाबाट स्वीकृत भए नाइके र चौकीदार हुन पाउने ब्यबस्था रहेको समेत बताए ।

वडाभोजको लागि खस्सी निशुल्क रुपमा पीडित सेवा संघका अध्यक्ष टोपबहादुर महतराले उपलब्ध गराएका थिए ।पीडित संघका अध्यक्ष महतराले दशै,तिहार,क्रिष्मस डे,माघे सक्रान्ति र हरितालिका तिजमा भने महिलाहरुलाई खस्सी लगायतका कोशीले उपलब्ध गराउदै आएका छन ।

यसपटकको दशैंमा नयाँ बृन्दी गृहका तीन सय जना कैदीबन्दीका लागि खसी निशुल्क उपलब्ध गराएको पीडित सेवा संघका अध्यक्ष महराले बताए । अव तिहारमा पुरानो बन्दीगृहमा रहेका १५० जना पुरुष,३० महिला र एक जना बालक(आश्रीत) सहित एक १८१ जनाका लागि खसी उपलब्ध गराउने प्रतिबद्धता जनाए

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.