|

महिला र समलैंगिक जोडीले प्रजनन् उपचार गराउन पाउने विधेयकको विरोधमा फ्रान्सको राजधानी पेरिसमा ठूलो प्रदर्शन भएको छ। सरकारले भने यो विधेयक पारित भएमा २०१३ मा समलैंगिक विवाहलाई वैध बनाएपछिको फ्रान्सको कानुनमा ठूलो सामाजिक सुधार हुने दाबी गरेको छ।

फ्रान्समा प्रजनन उपचारसम्बन्धी अहिलेसम्म समलैंगिक जोडीहरूलाई प्रदान गर्ने कानुन बनेको छैन। विधेयकलाई संसद्को तल्लो सदनले पारित गरिसकेको छ भने यहि महिनाको अन्त्यमा सिनेटमा पेश गरिने छ।

यो विधेयकले १८ वर्षभन्दा बढी उमेर पुगिसकेकाहरूले सन्तान उत्पादनको लागि शुक्राणु दिने दाताको पनि परिचय पाउने अधिकार दिएको छ। यसअघि यस्तो व्यवस्था थिएन। यो नियम यसअघि नै फ्रान्सका छिमेकी देशहरू बेलायत, स्पेन, नेदरल्याण्डमा लागू भइसकेको बिबिसीले जनाएको छ।

पोलहरूका अनुसार यो विधेयकको समर्थनमा दुईतिहाइ जनताको समर्थन छ। समाचारमा राजनीतिक र धार्मिक रुढिवादीहरूले यो विधेयक खारेज गर्नुपर्ने माग गरिरहेका छन्। प्रदर्शनकारीमध्ये केहीले २०१३ मा दिइएको समलैंगिक विवाहलाई कानुनी मान्यता दिनुलाई पनि विरोध गरिरहेका छन्।

प्रहरीका अनुसार प्रदर्शनकारीहरू ४२ हजार छन् तर प्रदर्शनकारीहरूले आफूहरूको संख्या ६ लाख भएको दाबी गरिरहेका छन्। सरकारले भने यसलाई साधारण प्रदर्शन बताएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.