|
फाइल फोटो

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आफूबाट दशैंको टीका लगाउन चाहनेलाई दिउँसो टिका लगाइदिँदै छन्। उनले टीकाको लागि विशिष्ट र सर्वसाधारणलाई एक/एक घण्टाको समय दिने राष्ट्रपति कार्यालयले जनाएको छ।

 राष्ट्रपतिले दशैंको टीकाको दिन अपराह्न १ देखि २ बजेसम्म टीका ग्रहण गर्न इच्छुक विशिष्ट व्यक्तित्व तथा अपराह्न २:३० देखि ३:३० सम्म अन्य व्यक्तिलाई टीका लगाइदिने राष्ट्रपतिको कार्यालयले जनाएको छ।

टीकाको दिन राष्ट्रपति निवास शीतलनिवासको गेट नम्बर १ को ढोका खुला रहने राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.