|

मोरङ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले भय र त्रासको राज स्थापना गर्न खाजेको आरोप लगाएका छन्। उर्लाबारी—९ दुर्गापुरीमा आयोजित नेपाली कांग्रेस वडा नम्बर ८ र ९ को दशैं तिहार शुभकामना विशेष कार्यक्रममा नेता रिजालले नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारमाथि उक्त आरोप लगाएका हुन्।

नेकपाको अधिनायवादलाई रोक्नको लागि कांग्रेस एक ढिक्का भएर अघि बढ्नुपर्ने उनको धारणा थियो।

‘यो सरकारको गृह परीक्षण गर्नुपरेको थियो, त्यही भएर तनहुँमा आक्रमण र अवरोधको बावजुद पनि हामी अगाडि बढ्ने प्रयास गयौँ। सरकार कम्युनिष्ट पार्टीबाहेक अरु पार्टीले राजनीति गर्नुहुँदैन भनेर हिँडिरहेको छ’, रिजालको आरोप थियो।

‘नेकपाका दुई अध्यक्षहरूमा एउटाले बाघको र अर्कोले सिंहको कुरा गर्नु सामान्य कुरा होइन। यसलाई गम्भीर रूपमा लिनुपर्छ’, उनले भने।

त्यस्तै, उनले ज्ञानेन्द्र शाही र रवि लामिछानेको विषयको घटना हेर्दा पनि सरकार व्यक्तिको अधिकारलाई कुण्ठित गर्ने अवस्थामा पुगेको पनि आरोप लगाए। उनले भने, ‘आजको गृह प्रशासन तानाशाही प्रवृत्तिले चल्दैछ।’

उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफूहरूले महारानी बनाउनको लागि राष्ट्रपति नबनाएको जिकिर गरे। उनले भने, ‘त्यसैले अब भरोसायोग्य कांग्रेस बनाउन सकिएन भने नेकपाको अधिनायकवादलाई हामीले धान्न धौँ–धौँ पर्नेछ। लोकतान्त्र यही सरकारबाट खतरा छ।’

रिजालले प्रधानमन्त्री केपी ओलीले अन्य पार्टीमाथि ‘बाघ झैं झम्टन’ तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले ‘सिंहझै गर्जन’ पार्टीका कार्यकर्ताहरूलाई निर्देशन दिएर कम्युनिष्ट पार्टी बाहेकका अन्य राजनीतिक दलहरूको गतिविधिलाई प्रतिबन्ध लगाउन सुनियोजित षडयन्त्र गरिरहेको दाबी पनि गरे।

कांग्रेस नेता रिजालले नागरिकलाई भयभित बनाएर सरकारले मुलुकमा अन्य लोकतान्त्रिक राजनीतिक दलहरूलाई गतिविधि गर्न नदिने योजना बनाइरहेको उल्लेख गर्दै सैह्य नहुने चेतावनी दिए।

नेता रिजालले वर्तमान सरकारकै कारण संवैधानिक व्यवस्था धरापमा परेको आरोप लगाएका छन्। लोकतान्त्रिक विधिअनुसार चुनिएको वर्तमान सरकार कम्युनिष्ट राज्यसत्ता निर्माणमा केन्द्रीत भएको उनको दाबी छ। सबै मिलेर सरकारको प्रतिकार नगर्ने हो भने नेपालबाट संघीय लोकतान्त्रिक व्यवस्थाको अन्त्य हुने नेता रिजालले स्पष्ट पारे।

रिजालले गृहमन्त्रालयको नेत्रित्व अपराधिक मानसिकताबाट ग्रसित भएको दाबी गरेका छन्। आफूमाथि केहीदिन पहिले भएको आक्रमणप्रति लक्षित गदै उनले सरकारको निर्देशनमा घटना भएको स्पष्ट पारे। नेकपा कार्यकर्ताले गरेको आक्रमणको आफूले शसक्त प्रतिकार गरेको नेता रिजालको भनाई छ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता खड्ग फागोले कम्युनिष्टको गल्तीमा रमाउनु भन्दा पनि जनताको बीचमा गएर काम गरेर मन जित्न सुझाप दिएका थिए। कांग्रेसको निति र बिपीको सिद्धान्तलाई पालना गरे कांग्रेसलाई अघि बढ्न मेयर फागोले सुझाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.