|

भक्तपुर : मध्यपुर थिमि १ लोकन्थलीस्थित मनोहरा करिडोरमा पार्क गरिराखेको बसमा अचानक आगलागी भएको छ। करिब एक महिनादेखि मनोहरा करिडोरको ११ मिटर सडक खण्डमा रोकिराखेको बा २ ख ६२३० नम्बरको बसमा सोमबार राति आगलागी भएको हो।

आगलागीबाट बस पूरै जलेको छ। राति ८ बजे लागेको आगो जुद्ध वारुणयन्त्र भक्तपुरको दमकल, स्थानीय र प्रहरीको संयुक्त प्रयासबाट नियन्त्रणमा लिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.