|
फाइल फोटो

म्याग्दी : म्याग्दीमा एक बालिकाको पिङ खेल्ने क्रममा घाँटीमा डोरी बेरिएर मृत्यु भएको छ।

जिल्लाको मंगला गाउँपालिका ५ किमचौरकी ७ वर्षीया दीपा फगामीको सोमबार राति डोरी घाँटीमा बेरिएर मृत्यु भएको हो। अभिभावकले खेल्नका लागि घरमा नै बनाइदिएको पिङको डोरी घाँटीमा बेरिदा ज्यान गएपछि पोष्टमार्टमका लागि बेनी अस्पतालमा ल्याइएको थियो।

अस्पतालका डाक्टर दशैं बिदामा रहेका अवस्थामा प्रहरीको उपस्थितिमा पोष्टमार्टम गर्न पोखरा पठाइएको प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए। ‘पोष्टमार्टमसहित रिपोर्ट भोलि बिहान आउँछ, डोरीमा बेरिएको अवस्थामा भेटिएकोले मेडिकल रिपोर्टको पखाईमा छौँ' प्रनाउ मरासिनीले भने ।

प्रहरीले घटनाको प्रकृतिलाई हेर्दा फोरेन्सी रिपोर्टका लागि समेत पोखरा पठाएको बताएको छ। प्रहरी चौकी बाबियाचौरबाट गएको प्रहरीको टोलीले घटनास्थलको अनुसन्धानसमेत गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.