|
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको दशैंको टीका शुभ साइतमा लगाउन पाएनन्। बुबा मोहनप्रसाद ओली गृहजिल्ला झापाबाट आउन ढिला भएका कारण प्रधानमन्त्रीले शुभ साइतमा टीका लगाउन नपाएका हुन्।

टीकाको शुभसाइत बिहान १०ः३५मा रहे पनि झापाबाट जहाजको उडान ढिलो भएकोले प्रधानमन्त्रीका बुबा टीकाको शुभसाइतमा काठमाडौं आउन भ्याएनन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहानको उडान सरेर दिउँसो १२ः४०मा सरेकाले बुबा मोहनप्रसाद त्यही उडानमा काठमाडौं आउने भएका छन्।

बुबा आउन ढिला भएपछि प्रधानमन्त्रीले निर्धारित कार्यतालिका अनुसार राष्ट्रपति विद्यादेवि भण्डारीको हातबाट टीका ग्रहण गर्दैछन्। यसअघि प्रधानमन्त्रीले शुभसाइतमै बुबाको हातबाट टीका लगाउने कार्यक्रम तय भएको थियो।

यसपटक बुबा गृहजिल्लाबाट आउन ढिलाइ भएकाले पहिला राष्ट्रपतिको हातबाट टीका जमरा ग्रहण गर्ने र बुबा आइपुगेपछि बुबाका हातबाट प्रधानमन्त्री निवास बालुवाटारमा टीका ग्रहण गर्ने उनको सचिवालयले बताएको छ।

प्रधानमन्त्रीले दिउँसो २ बजेदेखि मन्त्रीसहित विशिष्ट तथा विभिन्न पार्टीका नेतालाई टीका लगाइदिने योजना बनेको छ। पार्टीका कार्यकर्ता तथा सर्वसाधरणलाई अपराह्न ४ बजेदेख बेलुका सात बजेसम्मको समय तोकिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.