अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीको र अर्थव्यवस्था तहसनहस गर्ने धम्की दिएका छन्। उत्तरी सिरियाबाट सेना फिर्ता बोलाएका ट्रम्पले त्यहाँ कुनै पनि अपाच्य गतिविधि गरेको खण्डमा टर्कीको अर्थव्यवस्था तहसनहस गरिदिने धम्की दिएका हुन्।
सिरियाको उत्तरी सीमानाबाट अमेरिकी सेना हटेबाट टर्कीलाई सीमानामा रहेका कुर्द लडाकुविरुद्ध हमला गर्ने मौका मिल्न सक्छ।
कुर्द लडाकुले सिरियामा स्लामिक स्टेटविरुद्धको लडाइमा अमेरिकी सेनालाई सहयोग गरेको थियो। यसैबीच टर्कीको रक्षा विभागले उत्तरी सिरियामा हमला गर्न तयार रहेको जानकारी दिएको छ।
ट्रम्पले उक्त विषयमा सामाजिक संजाल ट्विटरमा लेख्दै सिरियाबाट आफ्नो सेना फिर्ता लिएकोबारे जानकारी दिँदै उक्त निर्णयको बताउ पनि गरेका थिए।
तर, उक्त फैसलाको ट्रम्पको पार्टी रिपब्लिकनले पनि तिखो आलोचना गरेको छ। डेमोक्रेटिक सदस्य नैन्सी पेलोसी र रिपब्लिकन मिच मैकोनलले उक्त फैसला खतरनाक र उत्ताउलो भएको बताएका छन्।
ट्रम्पले यसअघि पनि टर्कीको अर्थव्यवस्थालाई प्रभाव पर्नेगरी कदम चालिसकेका छन्। उनले टर्कीमाथि प्रतिबन्ध लगाएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।