|

काभ्रेपलाञ्चोक : जिल्ला कारागार काभ्रेपलाञ्चोक धुलिखेलमा विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई आफन्तहरूबाट कारागारमै टीका र जमरा लगाइ दिएका छन् ।

कैदीबन्दीका परिवार र आफन्तका लागि जिल्ला कारागार व्यवस्थापन शाखाले टीका र जमराको व्यवस्था गरिएको थियो। उनीहरूका आफन्तले आज टीका र जमरा लगाइदिएको कारागारको सुरक्षामा खटिएका प्रहरी नायव निरीक्षक उमेश आचार्यले बताए। 

कारागार प्रशासनले टीका लगाउन आउनेहरूका लागि दशैँभरि विहान ७ बजेदेखि बेलुका ६ बजेसम्म समय तोकिएको र त्यसका लागि आवश्यक व्यवस्था मिलाइएको पनि उनले बताए। जिल्लाभित्रका कैदीबन्दीको परिवार र आफन्तले टीका कै दिन आउने गरेको भए पनि अन्य बाहिरी जिल्लाबाट टीकाको भोलि र पर्सी पल्टसम्म पनि आउने गरेकाले यस्तो व्यवस्था मिलाइएको उनले बताए। 

जिल्ला कारागार काभ्रेपलाञ्चोकमा २३५ कैदीबन्दी रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.