|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री, मन्त्रीहरू, सुरक्षा निकायका प्रमुखहरू र सर्वसाधारणलाई दशैंको टीका लगाइदिएका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा प्रधानमन्त्री ओलीको हातबाट टीका ग्रहण गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरू लालबाबु पण्डित, गोकुल बाँस्कोटा, रघुवीर महासेठ, योगेश भट्टराई, थममाया थापालगायत प्रधानमन्त्री निवास पुगेका थिए।

त्यस्तै, प्रधानमन्त्रीको हातबाट टीका ग्रहण गर्नका लागि नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल पनि बालुवाटार पुगेका थिए। त्यस्तै, प्रधानमन्त्रीको हातबाट टीका ग्रहण गर्न सूचना आयुक्त यशोदा तिमल्सीना, सांसद विमला पौडेल पनि बालुवाटार पुगेका थिए। प्रधानमन्त्रीको हातबाट टीका ग्रहण गर्न अन्य सांसद, सरकारी अधिकारी पनि बालुवाटार पुगेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री, सरकारी अधिकारी र सर्वसाधारणलाई अपराह्न ४ बजेदेखि ७ बजेसम्म टीका लगाइदिएका थिए। प्रधानमन्त्रीको हातबाट टीका ग्रहण गर्न ठूलो संख्यामा सर्वसाधारण बालुवाटार पुगेका थिए।

प्रधानमन्त्रीले पत्नी राधिका शाक्यसहित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ता, सुरक्षा निकायका पदाधिकारी, सरकारी कर्मचारी र सर्वसाधारणलाई टीका तथा जमरा प्रदान गरेका थिए।

हेर्नुहोस् फोटोः  

फोटो : रासस

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.