|

अमेरिकी र अफगानिस्तानी सैनिकको संयुक्त अपरेसनमा अलकायदाका शीर्ष नेता मारिएका छन्। अलकायदाका शीर्ष नेतामध्येका एक असिम उमर मारिएको अफगानिस्तानको गुप्तचर एजेन्सीले जनाएको बीबीसीले लेखेको छ।

उमर अलकायदाको भारतीय उपमहाद्वीपको प्रमुख भएको र उनी हेलमन्ड प्रान्तमा मारिएको बताइएको छ। उनको अमेरिकी र अफगानिस्तानी सेनाको संयुक्त अपरेसनमा मृत्यु भएको अफगानिस्तानको राष्ट्रिय सुरक्षा निर्देशनालयले जनाएको छ।

उक्त अपरेसनमा ४० अन्य गैरसैनिक मारिएको पनि समाचारमा जनाइएको छ।

उमरको मृत्युबारे अलकायदा र अमेरिकी सेनाले भने कुनै पनि पुष्टि गरेको छैन।

उक्त अपरेसनमा अन्य ६ अलकायदाका लडाकु मारिएको बताइएको छ। तिमध्ये अधिकांश पाकिस्तानी रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.