|

काठमाडौं :   पाँच देशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले आज आयरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। ओमानमा जारी सिरिजको तेस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली यसअघि सन् २०१५ मा भएको हारको बदला लिने तयारीमा  छ।

खेल ओमानको अल अम्रेट क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान सवाँ ११ बजे सुरु हुनेछ। तर टेष्ट राष्ट्र आयरल्याण्डलाई पराजित गर्न भने नेपाललाई सजिलो छैन। यो सिरिजको सुरुवाती दुई खेलमा नेपालले हङकङ र नेदरल्याण्डलाई हराएको थियो।

नेपाल दुई खेलमा ४ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ। तीन खेल खेलेको आयरल्यान्ड दुईमा जित र एकमा हारसहित ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। समान अंक भएपनि रनरेटका आधारमा आयरल्याण्ड दोस्रो स्थानमा रहेको हो।

आयोजक ओमान तालिकाको शीर्ष स्थानमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.