|
फाइल फाेटाे

चितवन: गएराती चितवनमा बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन्। काठमाडौंबाट सर्लाहीको मलङ्गावातर्फ जाँदै गरेको ना ५ ख ५३४४ नम्बरको रात्रिबस भरतपुर महानगरपालिका–१२ आस्था चोकमा गए राति १२ः३० बजे दुर्घटना हुँदा ३८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।   प्रहरीका अनुसार बस आफैँ अनियन्त्रित भई सडक छेउको पीपलको रुखमा ठक्कर खाएर दुर्घटना भएको हो।

घाइतेको पुरानो मेडिकल कलेज र भरतपुरको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ। घाइतेमध्ये २७ को अवस्था मध्यम रहेको छ। यस्तै १० जना सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा चालक पनि सामान्य घाइते भएका छन्।

बसमा करिब ४५ जना सवार रहेको थियो। बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.