|
फाइल फोटो

मोरङ : यौन क्रियाकलापमा सम्लग्न गराको आरोपमा मोरङको पथरीबाट होटल संचालकसहित दुई जोडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पथरीमा रहेको चाम्लिङ होटल एण्डका लजका संन्चालकद्वय सुनिता राई र विजय राईसहित दुई जोडीलाई इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक लक्ष्मी अधिकारीको कमाण्डमा गएको टोली नियन्त्रणमा लिएको हो। प्रहरीको टोलीले यौन क्रियाकलापमा सम्लग्न रहेको अवस्थामै दुई जोडीलाई नियन्त्रणमा लिएको हो।

आइतबार राति उनीहरूलाई पक्राउ गरी मानव वेचविखन तथा ओसारपसारअन्तर्गत मुद्दा चलाइएको प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिए।

सो कार्यमा सम्लग्न रहेका मध्ये १४ वर्षीय किशोरीसमेत रहेको प्रहरीले जनाएको छ। 'होटल संचालकद्वय राईले युवतीलाई प्रलोभनमा पारी यौनजन्य कार्यमा सम्लग्न गराएको पाइएकाले संचालकद्वयमाथि मुद्दा चलाइएको हो' अधिकारीले भने । पथरीका अन्य होटल तथा लजमा पनि यस्तो कार्य गराइँदै आएको सूचना आएको र यसका लागि प्रहरीले अप्रेसन चलाइने उनले बताए।

वेश्यगमनमा लगाउनेलाई १० देखि १५ वर्ष जेल र १ लाखसम्म जरिवाना हुनुका साथै वेश्यगमनमा सम्लग्नलाई समेत १ देखि ३ महिना जेल सजाय हुने कानुनी प्रावधान रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.