|
फाइल फोटो

काठमाडौं : विजयादशमी मनाएर उपत्यका फर्कने यात्रुको संख्या बढेको छ। दशैंमा आफ्नो घरपरिवार र मान्यजनबाट टीका लगाएर आफ्नो कर्मथलो उपत्यका भित्रिने यात्रुको संख्या बढेको हो।

ट्राफिक प्रहरीले दिएको जानकारीअनुसार बुधबार बिहानदेखि बिहिबार बिहानसम्म ११ हजार ४२१ सवारीसाधनमा ७० हजार ७५९ यात्रु उपत्यका भित्रिएका छन्। यस्तै नौ हजार ६७३ सवारीसाधनमा ५६ हजार ७०५ यात्रु उपत्यकाबाट बाहिरिएका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सबैभन्दा धेरै यात्रु भक्तपुरको जगाती नाका हुँदै उपत्यका भित्रिएका छन्। जगातीबाट ३८ हजार ९३३, नागढुंगा नाकाबाट २६ हजार ३५७, मुड्खुबाट एक हजार ४८७ र फर्पिङ नाका हुँदै तीन हजार ९८२ यात्रु उपत्यका भित्रिएका हुन्।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले विजया दशमी सकिएसँगै कर्म थलो फर्कने यात्रुको संख्या वृद्धि भएको बताए। “उपत्यकाबाट बाहिरीने यात्रुभन्दा उपत्यका भित्रिने यात्रुको संख्या बढी छ”, उनले भने। दशैंको अष्टमीदेखि विजयादशमीसम्म काठमाडौंको सडक सुनसान भए पनि यात्रु भित्रिएसँगै उपत्यकाका सडकमा विस्तारै चहलपहलसमेत बढ्न थालेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.